बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन र स्थानिय निर्वाचन नजिकिएसँगै नेकपा एमालेकाभ्रेको सक्रियता बढेको छ । जस अनुरुप गाउँ टोलमा टोल कमिटी गठन र जनवर्गिय संगठनको अधिवेशनहरु भैरहदा यतिबेला काभ्रेका सबै पालिकाका टोलहरु एमाले मय बनेको छ ।

नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ ग्रहण र बिभिन्न जिम्मेवारी लिएका थिए । निर्वाचन समितिका संयोजक इश्वर शर्मा बञ्जाराले अध्यक्ष अशोक ब्याञ्जुलाई सपथ गराएसँगै अध्यक्ष ब्याञ्जुले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ गराउनु भएको थियो । अधिबेशन पौष २३ गते शुरु भई २६ गते समापन भएको थियो ।<br>सपथ कार्यक्रमसँगै एमाले काभ्रेको पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरेको हो । ‘पहिलो बैठकले अधिबेशन सम्पन्न गर्नेहरुलाई धन्यवाद दिनुका साथै विभागहरुको गठन, इन्चार्ज तथा सह इन्चार्जहरु र अन्य जिम्मेवारी तोक्ने निर्णय गरेको हो । सपथ कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा, केन्द्रीय कमिटी सदस्य रेशम लामा, प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।

गाउँ टोलमा टोल कमिटी गठन र जनवर्गिय संगठनको अधिवेशनहरु गर्ने क्रममा मण्डनदेउपुर नगरपालिकाले प्राय वडामा टोल कमिटी गठन, अखिल नेपाल महिला संघ र नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा कमिटी गठन गरेको छ । वडा कमिटी गठन सकाएर आगामी फाल्गुन २१ गते नेपाल उत्पीडित जातिय मुक्ति समाजको नगर भेला गरी नगरकमिटी गठन गरिने मुक्ति समाज काभ्रेका अध्यक्ष खड्ग पुर्कोटीले जानकारी दिए । त्यस्तै २४ गते अखिल नेपाल महिला संघको कार्यक्रम हुने संघकी नगर संयोजक तुलशी पौडेलले बताईन ।स्थानीय तहको निर्वाचनको मिती घोषणा भएसँगै एमालेका टोल र भेगिय कमिटी निर्माणमा कार्य योजना नै बनाएर लागेको एमाले नगर अध्यक्ष शेरबहादुर डोटेलले बताए ।एमाले नगर कमिटी प्रचार बिभाग प्रमुख दिपक लम्सालका अनुसार यो हप्ता मात्रै वडा नं ८ मा जानुका तिमल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन भएको छ ।

वडा नं.९ मा लिला बहादुर मिजारको अध्यक्षतामा २५ सदस्यीय नेपाल उत्पिडित जातिय मुक्ति समाजको वडा कमिटी गठन गरिएको छ । वडा नं. ८ मा राजमान बिकको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी र वडा नं. ७ मा सुरोज परियारको अध्यक्षतामा १७ सदस्यीय नेपाल उत्पिडित जातिय मुक्ति समाज वडा कमिटी गठन गरिएको छ ।

त्यस्तै १० नं वडा कमिटीको हलेदेटारमा सुन बहादुर तामाङको अध्यक्षतामा ४३ सदस्यिय हलेदेटार टोल कमिटी गठन भएको छ । वडा नं. ११ मा नेपाल उत्पिडितजातिय मुक्ति समाजको जेनिशा मग्ररातिको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नं. १० मा नेपाल उत्पिडित जातिय मुक्ति समाजको भेलाले दिलकुमार परियारको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।<br>वडा नं. ९ मा नेपाल उत्पिडित जातिय मुक्ति समाजको भेलाले लिला बहादुर मिजारको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको सो समाजका नेता खड्ग पुर्काेटीले बताए । १० नं वडा कमिटीको भेलाबाट दिलकुमार परियारको अध्यक्षतामा गठन भएको छ ।</p>
त्यस्तै शनिबार भएको मण्डनदेउपुर नगरपालिका वडा न ६ को नेकपा एमालेका समर्थित युवा बिद्यार्थी भेला तथा सम्पर्क मन्च गठनबाट राजन गौतमको अध्यक्षतामा मञ्च गठन भएको छ ।यसैगरी नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता पनि बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । जस अनुरुप गाउँ टोलमा टोल कमिटी गठनगरि रहेको छ ।नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालित भएका छन् । यहि क्रममा शनिबार बनेपा नगरपालिका वडा नं. १४ मा टौडोल ईटापु टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंन्जितले बनेपा नगर र नगरवासीको मुहार परिवर्तन गर्न नेकपा एमाले बनेपा नगर कमिटी लागिपरेको बताउनु भयो । उपाध्यक्ष नवराज मानन्धरले नगरलाई एमाले मय बनाउन टोल कमिटीले विशेष भुमिका खेल्ने भएकोले टोल कमिटी लाई चुनाव केन्द्रित परिचालन हुन निर्देशन दिनु भएको हो ।

टौडोल ईटापु टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम ४७ जनाले माओवादी, कांग्रेस, समाजबादी र अन्य पार्टी परित्याग गरि नेकपा एमाललेमा प्रवेश गरेका हुन् । कार्यक्रममा जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, नगर कमिटीका सचीव श्रीधर पराजुली, १४ नं. वडाका वडा अध्यक्ष गौरी राउत, नेकपा एमाले १४ नं. वडा कमिटीका अध्यक्ष निर्मला तामाङ लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सदस्य रबिन बिष्टले गरेका थिए । भेलाबाट अध्यक्षमा राजकुमार श्रेष्ठ सहित १३ सदस्य कमिटी गठन भएको छ ।–नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..