रत्नकुश रञ्जित
प्रमुख, उम्मेदवार
बनेपा नगरपालिका
नेकपा एमाले

तपाईको उम्मेदवारी किन ?
काभ्रे जिल्लाको वाणिज्य हबको रुपमा रहेको बनेपा नगरपालिकाले जिल्लाकै महत्वपूर्ण क्षेत्र र अवस्थालाई प्रतिनिधित्व गर्छ । ५५ वर्ग कि.मि. क्षेत्रफल रहेको नगरपालिकामा २०७८ सालमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा अनुसार १६ हजार ९ सय ७२ घरधुरी संख्या रहेको छ भने ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला गरी ६७ हजार ६ सय २९ जनसंख्या रहेको छ । प्रशासनिक विभाजनको हिसाबले १४ वडामा यस नगरलाई विभाजन गरिएको छ । बनेपा नगरपालिका २०३८ साल चैत्र १४ गते नगर पञ्चायत घोषणा भएको काभ्रे जिल्लाको पहिलो नगरपालिका हो । साविक बनेपा नगर क्षेत्र वज्रयोगिनी गाविस बुडोललाई समेटेर बनेको यस नगरपालिकाको २०३९ देखि २०५४ साल सम्म भएका स्थानीय चुनावहरूमा प्रारम्भमा पञ्चायत पक्षधर जनप्रतिनिधि र त्यसपछि नेपाली कांग्रेस पार्टीको नेतृत्व रहेको थियो ।
देशमा विकसित राजनैतिक अस्थिरताका कारण करिव १५ वर्ष देशका स्थानीय तह जनप्रतिनिधि विहिन अवस्थामा रहन गए । संघीय नेपालको नयाँ संविधान २०७२ लागु भएपछि वि.स.२०७४ वैशाख ३१ गते भएको विस्तारित बनेपा नगरपालिकाको पहिलो स्थानीय निर्वाचनमा पहिलो पटका नेकपा एमालेले नगर प्रमुख, उप प्रमुख सहित १४ वडा मध्ये ९ वटा वडामा आफ्नो सानदार विजय हासिल गर्न सफल भएको थियो । हाम्रो पार्टी निर्वाचित भएपछि नगरपालिकाको आर्थिक, सामाजिक सांस्कृतिक, प्रशासनिक र पर्यटकीय क्षेत्रमा उल्लेखनीय भूमिका खेली बनेपा नगरपालिकाको स्वरुप लाई नै परिवर्तन गरिदिएको अवस्था छ, अधुरा कार्यहरूको निरन्तरता र दिगो विकास निर्माणको लागि अब पनि बनेपा नगरपालिकामा नेकपा एमालेको नेतृत्व अपरिहार्य छ । यहि अभिभारा पुरा गर्न पार्टीले प्रमुख पदको उम्मेदवार मलाई बनाएको हो ।

के के ग¥यो त तपाईको पार्टीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुको समुहले ?
संघीय नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७४ मा पहिलो पटक संघ प्रदेश र स्थानीय तहको निर्वाचन र प्रयोग पहिलो अभ्यास भएकोले प्रारम्भका केही महिना र वर्षहरु राज्यका तीनवटा तहका अधिकार वाँडफाँड जनप्रतिनिधी, कार्यालय र कर्मचारिको व्यवस्थापन विभिन्न ऐन, कार्यविधी निर्माण जस्ता कार्य गर्दा गर्दै वित्न गएकोले सबै क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न मुस्किल रहेको अवस्था रह्रयो । यदपी बनेपा नगरपालिकाले जनताको आधारभुत आवाश्यकता संग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वन पर्यटनका क्षेत्रमा उल्लेखिनिय उपलब्धि हासिलल गरेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको बनेपा नगरपालिकाले आफ्नो कार्यकालमा सडक कालोपत्रे ५३ कि.मि.सम्पन्न, सडक ढलान ३४ कि.मि.सम्पन्न गरेको छ भने ग्राभेल कार्य ४६ कि.मि गरेको छ । पक्की नालि १४ कि.मि. ढल निर्माण ३३ कि.मि, ग्याविन तथा मेशिनरी वाल निर्माण ४५ किमी, ढुङ्ग तथा इटा छाप्ने कार्य १९ कि.मि., नयाँ टंयाक निर्माण ११६ किमी., विद्यालय निर्माण र मर्मत सम्भार २७ वटा, पाटी, ट्रष्ट तथा किरियापुत्री भवन निर्माण २५ वटा, सामुदायिक भवन निर्माण १० वटा, मठ मन्दिर, पोखरी निर्माण र संरक्षण ८२ वटा, खेलमैदान निर्माण १२ स्थानमा निर्माण गरिएको छ ।

त्यस्तै सिंचाई योजना २२ वटा, वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण र न्युनतम कर्मचारिको ब्यवस्था गरी सेवा प्रदान गरिएको छ । नगरपालिकाको १७ वटा ऐन र २० वटा कार्यविधि, मापदण्ड तथा निर्देशिका निर्माण गरी कार्यान्वयन शुरु गरिएको छ । बनेपा नगर भित्रका ऐतिहासिक स्थल, मठमन्दिर तथा देवालय, चर्च तथा मस्जिद एवम परम्परागत जात्रा एवम पर्व पुजाहरुको संरक्षणको कार्यविधि निमार्ण गरी समिति मार्फत कार्यान्वयनको ब्यवस्था मिलाईएको छ । काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना अन्तर्गत बनेपा नगरपालिकाको धनेश्वर ट्याङकी र मगर गाउँमा रहेको फिल्टर ट्रयाङकी परिक्षण प्रयोग भई सकेको छ । उक्त आयोजना सम्पन्नताको चरणमा धारामा पानी परिक्षण भईरहेको छ । अरनिको राजमार्ग दायाँवाया हरितपार्क सहित कालो पत्रे गर्ने कार्यलाई निरन्तरता प्रदान गरिएको छ । बनेपाको उत्तरी सिमामा रहेको हिले जलजले सिमसारक्षेत्रमा बहुउद्देश्यीय ताल निर्माणको डिपिआर तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय पाठ्रयक्रम निर्माण भई कार्यान्वयन भएको छ ।

बनेपा १, १० र १३ मा पर्ने वासुकी नमुना पर्यटन प्रवद्र्धन केन्द्रको डिपिआर बनी कार्य प्रारम्भ भएको छ । बनेपा १३ भैसीपाटी गाउमा १ घर १ धारा ६० घरधुरीलाई मिटर र धारा वितरण गरिएको छ । बनेपा न.पा.को १० र १३ नं को सिमानाको सार्वजनिक स्थलमा चलचित्र वोर्ड नेपालको अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माणका लागि डिपिआर तयार भएको छ । वडा नं १० र१३ को भित्री वस्तीको ६.७. कि.मि. सडक डिपिआर बनी कार्य प्रारम्भ भएको छ । कृषि र पशुपालनलाई ब्यवसायी रुपमा अगाडि बढाउनकोलागि कृषकहरुलाई कृषि सामाग्री, वीउ विजन तथा उन्नत खालका पशु वितरण कार्यलाई अगाडि बढाईएको छ । महिलालाई उद्यमी बनाउनको लागि शिपमुलक तालिमहरु प्रदान गरी साना तथा घरेलु उद्योग सञ्चालनमा प्रोत्साहन गरिएको छ ।

नाला काशिभज्याङ्ग गुरुङगाउँ मण्डन देउपुर सडकको लागि बोलपत्र आबहान गरिएको छ । नगरपालिका भित्र रहेका बाबु आमा दुवै नभएका बालबालिकाहरुलाई मासिक ३००० हजार सामाजिक सुरक्षा भत्ता दिने तथा उच्च शिक्षा सम्मको शिक्षा निशुल्क प्रदान गर्ने ब्यवस्था मिलाईएको छ । नगर भित्र रहेको रेयुकाई आखा अस्पताल संगको समन्वयमा निशुल्क मोतिया विन्दुको अप्रेशन गर्ने ब्यवस्था मिलाईएको छ । नगरपालिका क्षेत्रमा रहेका बहुपक्ष र बहुवर्षिय ठुला गौरवका योजनाहरु (प्रतिरक्षा विश्व विद्यालय, फिल्मसिटी, वाड नं ५ को चण्डेश्वरी देखि वाड नं ६ स्थित गोसाईथान सम्म जोड्ने १६०० सिंढी, शान्ती पार्क, अन्तराष्ट्रिय कला केन्द्र निर्माण, भैसीपाटी वाँसडोल सडक स्तरोन्नती, फुटसल निर्माण, फोहोरमैलो दिगो व्यवस्थापन, बनेपा १० र ११ पानी ट्याङकी निर्माण गरी डिपवोरिङ मार्फत पानी आपुर्तीको ब्यवस्था, नगरकोट प्रवेश द्धार निर्माण, राधाकृष्ण पिकनिक स्पोट निर्माण, सपनेश्वर माहादेवस्थल निर्माण, बनेपा ४ मा आकाशदेवी पार्क निर्माण, बनेपा ५ को चप्लेटीमा पार्क निर्माण, नालामा रहेको भिमसेन मन्दिर, कालीदेवी मन्दिर भगवती मन्दिर संरक्षण, सागामा सेतो गणेश मन्दिर कालिदेवि मन्दिर भगवती मन्दिर संरक्षण), वाड नं ३ एशेलुघारी वाड नं ९ लामा गाउँ, वाड नं ४ भण्डारीगाउँ माथिको तामाङ वस्तीको खानेपानि योजनाहरु, चण्डेश्वरी गोसाईथान टनचोक वाड नं ९ को बाजेबजै पार्क, वाड नं ९ मा वौद्धिक अपाङ्गताहरुको लागि विद्यालय भवन निर्माण, काशिभज्याङ हुँदै बासुकी जाने ट्रेकिङ मार्ग साँगा आशापुरी सडक, अपाङ्ग हस्पिटल हुँदै सल्ले जाने बाटो, वाड नं १० को रेशम मार्ग हुँदै अमलडोल वाड नं १ को गुम्बाडाँडा जोड्ने बाटो, विकटेश्वर बुढाथोकी गाउँ प्रहरी स्कुल हँदै साँगा जोडिने बाटो जस्ता योजनाहरु, डिपिआर तयार भई कार्यान्यनको विभिन्न चरणमा रहेका छन् । विकास निरन्तर चल्ने जीवन्त प्रक्रिया भएकोले नगरमा थालनी भएका पुरा हुन बाँकी आवाधिक आयोजनाहरु र सुरु गरिने नयाँ योजनाहरूलाई अझै ब्यवस्थित र उन्नत स्तरबाट सञ्चालन गर्न विकासको विउको रुपमा रहेको नेकपा एमालेको नेतृत्वलाई यस पटकको निर्वाचनमा पनि अत्याधिक बहुमतका साथ विजय गराउन अनुरोध गर्दछु ।

अब पाँच वर्षमा के गर्नुहुन्छ ?
हाम्रो पार्टीले विगतका कामहरुको निरन्तरताका साथै नयाँ योजनाहरु तयार गरेको छ । हामीले प्रतिवद्धतापत्रमा पनि धेरै कुरा उल्लेख गरेका छौं । नागरिकहरुलाई विभिन्न विद्या मार्फत सम्पन्न बनाउने हाम्रो अभियान विगतमा जस्तै निरन्तर रहनेछ । बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको, ब्यवस्था गरिने छ । प्रत्येक विद्यालयमा रहेका बाल विकास केन्द्रहरुको स्तर उन्नती गरी बाल विकास केन्द्रका सहयोगी कार्याकर्ताहरुलाई उचित पारिश्रमिक र तालिमको ब्यवस्था गरिने छ । सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको ब्यवस्थापन, शैक्षिक सामग्री, पुस्तकालय, शिक्षकलाई तालिम जस्ता कार्यमा जोड दिई सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धी गर्दै, अभिभावकहरुको सामुदायिक विद्यालयमा आकर्षण बढाउने कार्य गरिने छ ।
नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई प्रत्येक घरमा पुर्याउने साथै आर्थिक अवस्था अति कमजोर भएका, अशक्त अपाङ्ग्ता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा गरिदिने निति अवलम्बन गरिने छ । १४ वटा वडामा रहेका स्वास्थ्य चौकिमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण, शौचालय र खानेपानिको ब्यवस्था, कर्मचारिको व्यवस्थापन, औषधि र सामग्रीहरुको ब्यवस्था गरी स्वास्थ्य चौकिले दिने सेवाको गुणस्तर वृद्धि गर्दै उक्त स्वास्थ्य चौकीमा प्रशुती कक्ष, खोपकेन्द्र, आधुनिक उपकरण सहितको प्रयोगशाला समेतको ब्यवस्था गरिने छ । बनेपा नगर भित्रका विपन्न, दलित, जेष्ठ नागरिक, अशक्त, अपाङ्ग्ता भएका ब्यक्ति, दृघरोगी र एकल महिलालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । नगर भित्रका गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्ग्ता भएका ब्यक्ति, आर्थिक अवस्था कमजोर भएका र दृघ रोगीहरुलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने छ । उपत्यका एकिकृत खानेपानिको बाँकी कामलाई यथासिघ्र सम्पन्न गरी पानी बितरण गर्ने कामको ब्यवस्था मिलाईने छ । एकघर एक धारा र एक घर एक शौचालयको अवधारणालाई मूर्तरूप दिईने छ । ड्ड बनेपा नगरपालिकाको वाड नं १३ र १४ मा सुरु भएको बृहत खानेपानी योजनाको कामलाई १ वर्ष भित्रमा सम्पन्न गरिने छ । निर्वाहमुखी कृषिलाई ब्यवसाहिक बनाउनको लागि कृषिमा अनुदान, सहुल्यत कर्जा, मल र विउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरुलाई ब्यवसायिक कृर्षिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गरिने छ । कृषकलाई अवाश्यक कृषि सामग्री, मल विउविजन सरल मुल्यमा खरिद गर्ने र कृषकले उत्पादन गरेका वस्तुहरुको उचित मुल्य सहित बिक्री गर्न सहज हुनेगरी कृर्षी सहकारीहरुको साझेदारिमा नगरपालिका द्धारा नाला, सागाँ र बनेपाको बुडोलमा कृषि सामग्री संकलन तथा वितरण केन्द्र निर्माण तथा सञ्चालन गरिने छ । नगर भित्र रहेका ऐतिहासिक मन्दिरहरु चण्डेश्वरी, धनेश्वरी, उग्रेश्वर, नासिका, विकटेश्वर, नाला भगवती, करुणामाई, महेन्द्रज्योती, कालीदेवि चामुण्डादेवी, बुडोलको गोसाई कुण्ड, सपनेश्वर श्वयत बारा, मनकामना, उग्रेश्वर, जलेश्वर महादेव, आशापुरी, बाल्मिकेश्वर, महादेव, ढकाल गणेश, विकटेश्वर मन्दिर सारदादेवी मन्दिर, नाला टुकुचा गणेश मन्दिर, टुकुचा अमल्डोल मन्दिर, ईन्द्रशोभा मन्दिर लगायत चैते गुम्वा मन्दिर मस्जित, चर्च लगायतका धार्मिक स्थलहरुको आवाश्यकता अनुसार थप भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नेछौं । आशापुरी देखि धनेश्वर, चण्डेश्वरी, टंनचोक, वासुकी, नाला भगवति, कर्णमाई, बिकटेश्वर हुँदै साँगा महादेव जोड्ने धार्मिक पर्यटकीय मार्गको निमार्ण गरिने छ ।

बनेपाको लायकुमा सुविधा सम्पन्न नेवारी कला र साँस्कृति झल्कने संग्रालय स्थापना गरी ऐतिहासिक र सांस्कृतिक वस्तुको प्रर्दशनि तथा संरक्षण गरिने छ । बनेपा ९ मा रहेको २५ रोपनि जग्गामा अन्तराष्ट्रिय कलाकेन्द्र निमार्ण योजनालाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । बनेपा वसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी उक्त भवनको भुईतलामा र्पार्किङ अन्य तलाहरुमा फुटपाथमा रहेका पसल हरुको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याईने छ । नगरका १४ वडा जोड्ने चक्रपथको निर्माण गरिने छ । प्रत्येक वडालाई जोड्ने मुख्य सडकलाई पिच गर्ने र अन्य शाखा सडकहरुको स्तरनोती गरी सडक पेटीको निर्माण गर्दै लगिने छ । बनेपा नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गाको खोजि गर्ने र भौगोलिक अवस्था अनुसारको क्षेत्र निर्धारण जसमध्ये, बन क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, ब्यापारिक क्षेत्र आदि निर्धारण गरी ब्यवस्थित सहरको अवधारण ल्याउने छ ।

उपयुक्त स्थानको छनोैट गरी औधोगिक क्षेत्रको स्थापना गरिने छ । फुटपाथका पसल तथा पार्किङलाई उचित व्यवस्थापन गरिने छ । ठुला ब्यपार ब्यवसाय गर्न मिल्ने पुर्वाधारहरुको विकास गरिने छ । बनेपा नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सुचिकृत गरी अभिलेख राखिने छ । नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने निति अवलम्बन गर्दै लगिने छ । नगर भित्र रहेका निजी उद्योग तथा ब्यवसायहरुमा आवाश्यक कर्मचारिहरु नियूक्ती गर्दा नगर भित्रका नागरिक हरुलाई प्राथमिकता दिन पहल गरिने छ । नगर भित्र उद्योग सञ्चालन गर्नको लागि निजीक्षेत्र संग समन्वय र सहकार्य गरी उक्त उद्योगहरुमा रोजगारीको सृजना गरिने छ । उद्योग तथा ब्यवसाय सञ्चालन गर्न चाहाने युवाहरुलाई नगरक्षेत्र भित्र रहेका वित्तिय संस्था संग समन्वय गरी सहज र सहुलियत कर्जाको ब्यवस्था गरिने छ । कृषि तथा पर्यटनलाई प्राथामिकतामा राखी रोजगारीको सृजना गरिने छ । बालमैत्री वडा घोषणा हुन बाँकी वडाहरुलाई यथासिघ्र आवाश्यक कार्य सम्पन्न गरी बालमैत्री वडा घोषणा गर्दै १ वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरिने छ । एक वडा एक बाल उद्ययनको अवधारण अगाडि सारी प्रत्येक वडामा चिल्ड्रेन पार्क सहितको बाल उद्ययनको निर्माण गरिने छ । सबै विद्यालय र समुदायमा बाल समुह निर्माण गरी बालबालिकाको सवालमा बालबालिकाकै सहभागितालाई प्रोत्साहन गरिने छ । नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसित गरिने छ । नगरपालिका भरीको डिजिटल जियोडेटाबेस निर्माण गरि हरेक कार्ययोजनाको निर्माण गर्दा डिजिटल जियोडेटा बेसको प्रयोग गरिनेछ । नगरपालिका भरिका सम्पूर्ण प्रसासनिक कृयाकलापहरुलाई डिजिटल माध्यम बाट गरिनेछ । रोजगारिमुलक उद्योगलाई शुरुका ३ वर्ष कर छुटको ब्यवस्था गरिने छ । साना तथा घरेलु उद्योग, स्थानिय कच्चापदार्थमा आधारित साना उद्योग, काष्ठकला, हस्तकला, कृषि उद्योगलाई बिना शुल्क दर्ता एवं आएकरमा ७५ प्रतिशत छुटको ब्यवस्था गरिने छ । निर्माण ब्यवसाय, निजि यातायात सेवा, रिक्सा लगाएतका अनौपचारिक सेवा क्षेत्रलाई परिधि भित्र रही ब्यवस्थित गर्नेछौं ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.