नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब
काभ्रेपलान्चोक - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै ...