स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी मेक्सर टेक्नोलोजीका अनुसार यो लस्कर ६० किलोमिटर भन्दा बढी लामो छ । यसमा सैकडौं बख्तरबन्ध गाडी, ट्यांक र तोपहरु छन् । यो तस्वीर सोमबार दिउँसो तिरको हो ।स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा छ ।राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई हमलाको संकेत स्वरुप साइरन बजाइएको छ ।

रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसी सेनाको आक्रमणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृत्यु भएको छ ।युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका भवन, गाडीहरू क्षतिग्रस्त भएका तस्वीरहरू सार्वजनिक भएका छन् । बेलारुसमा शान्ति वार्ता जारी रहेकै बेलामा पनि रुसले युक्रेनमा आक्रमण नरोकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाट विरोध भइरहेको छ । रुसमा बिभिन्न प्रतिबन्धहररु लागू गरिएको छ । तर रुस पछि हटेको छैन ।

पछिल्लोपटक जी(७ देशहरूको एक सदस्य क्यानडाले रुसबाट कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पछिल्लोपटक रुसमा हलिउड चलचित्रहरूको प्रदर्शन रोकिएको छ । रुसमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्धको कारण मास्टर कार्डले रुसबाट गरिएका कारोबारहरू बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..