५२३ कैदीलाई माफी मिनाहा

५२३ कैदीलाई माफी मिनाहा
काभ्रेपलान्चोक - संविधान दिवसमा यस वर्ष पनि ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति मार्फत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...

काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत 

काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत 
   काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी १ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति ...

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन
काभ्रेपलान्चोक - नेपाल सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । नेपाल सरकारको स्वामित्व भएको कम्पनीहरुले काठमाण्डौ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ । उपत्यकाबाहिर बनेपा,...

आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ पूजा बिधि

आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ पूजा बिधि
आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ ।आफ्ना सवारी साधन, कलकारखाना...

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने
काभ्रेपलान्चोक - साहस उर्जा लिमिटेडले यहीँ असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु
काभ्रेपलान्चोक - दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । भाडा...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्ने भएको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । यसअघि साउन ३१ गतेबाट परीक्...

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल
काभ्रेपलान्चोक - तिज फोटो प्रतियोगिता लाई खासै गहन रुपमा हेरिदैन तर यसलाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “काभ्रे प्रेस डट को तिज फोटो कन्टेस्ट" सम्पन्न भएको छ । काभ्रे प्रेस डटको प्रस्तुतिमा काभ्रे प्रेसले आयोजना गरेको तिज फोटो प्रतियोगितामा आइतबार आयोजक टिमले बिजेता घोषणा गरेको छ । टिमले जसको धेरै लाइक, कमेन्ट र सियेर आ...