संघीय राजधानी नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय स्तर रहेका छन् । तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावनै सम्भावना बोकेको स्थानिय तह हो भुम्लु गाउँपालिका । यस गाउँपालिकाभित्र १० वटा वडाहरु रहेका छन् । सापिङ, सिम्थली, बेखसिम्ले, भुम्लु चौवास, भुम्लु सल्ले, भुम्लु कोलाँती, भुम्लु फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी पर्दछन् । यसमा पनि विशेष महत्व बोकेको वडा हो वडा नं. ४, भूम्लु चौवास । हरियो पहाड, वन–जंगल, थुम्का–डाँडा, भञ्ज्याङ–चौतारी, नदी–नाला, झरना–खोला, पाखा–पखेरी, सुन्दर खेतबारीका लहरहरू भुम्लु ४ चौवासका गहना नै हुन् । यो सुन्दर गाउँवस्तीलाई विकसित र सम्वृद्धशाली बनाउन वडाले विभिन्न योजनाहरू सञ्चालन गरेको छ ।
भुम्लु गाउँपालिका वडा नं. ४ चौवासका वडा अध्यक्ष लोक वाहदुर कँुवर आफ्नो टोल, समाजमा आइपर्ने हरेक दुःख, पीडामा सारथि बन्ने गरेका छन् । कुँवरलाई जनप्रतिनिधिको रूपमा पाउँदा वडा वासी नागरिकहरु हर्षित छन् । लगनशील, हँसिलो र सरल स्वभावका अध्यक्ष कुँवर जस्तो सक्षम युवाले मात्र नागरिकहरुको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण एवम् पर्यावरणीय हितलाई ध्यानमा राखेर कर्म गर्न सक्छन् । स्थानीय जनप्रतिनिधि चुनिएर आइसकेपछि आम जनसमुदायले देख्ने र महसुस गर्ने थुप्रै काम तथा परिवर्तनहरू भएका छन् । सडक नपुगेका स्थानहरूमा सडक बाटो पु¥याइएको छ । घन्टौंसम्म बोकेर पानी खानुपर्ने समस्या समाधान गर्दै घरघरमा धारा पु¥याइएको छ । स्वास्थ्य, शिक्षा जस्ता विकासका पूर्वाधारका अंगलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन राम्रै लगानी गरिएको छ ।
हुन पनि हो, एक असल जनप्रेमी जनप्रतिनिधि हुन त्यति सजिलो छैन । उहाँ के रात, के दिन, के विदा, के शनिबार जस्तोसुकै परिस्थितिमा पनि वडावासीका घरघरमा पुगेर सेवा दिनु हुन्छ । त्यतिमात्र होइन वडाभित्र रहेका असक्त, अपाङ्ग, बाल, बृद्ध सबैको मनमा बस्न सफल हुनुहुन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले वडा अध्यक्ष लोक वाहदुर कँुवरसँग गरेको समसामयिक कुराकानी
० जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो छ ?
जनताको सामाजिक व्यक्ति भएर काम गर्नका लागि त्यति सजिलो काम त होइन तर निस्वार्थ निस्पक्ष भावनाले काम गर्दा खासै समस्या हुदैन । सवैको साथ सहयोग पाईन्छ ।
० तपाईलाई किन दुई दुई पटक वडा बासीले जिताए होलान् ? के त्यस्तो काम गर्नुभयो ?
जनताको मनको भावनालाई कदर गरेर काम गर्नु पर्छ । मुख्य समस्याको सम्बोधन गर्नुपर्छ । राम्रो कामको सुरुवात गर्नुपर्छ । जनताको मन दुखाउनु हुदैन । त्यहि भएर चुनाव जितेको हो ।
० नेपाली कांग्रेस लगायत अन्य दलको समेत भोट आयो भनिन्छ ? उनीहरुको मन कसरी जित्नुभयो ?
अरु पार्टीको भन्दा पनि जनताको मन हो । वडामा अन्य पार्टीको उम्मेदवार प्रति खासै विश्वास नभएर केही मत आएको हो । उनीहरु भन्दा मलाई सक्षम देख्नु भयो अनि भोट दिनु भयो । अर्को कुरा भन्ने हो भने पहिलो कार्यकालमा मैले गरेका ति बिकास निर्माणको काम प्रति चौवास – ४ वडा बासी निकै सन्तुष्ट छन् । त्यस कारणले गर्दा पनि मलाई भोट दिनु भएको हो ।
० तपाईको वडाको शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था कस्तो छ ?
शिक्षामा सुधार गरिदै छ । मा.वि.दरवन्दीको अभाव भएकोमा पुरा गर्नुपर्ने छ । गुणस्तरीय प्रविधिक शिक्षण जरुरी छ । त्यसको लागि पहल भै रहेको छ । स्वास्थ्यको हेर्न हो भने विशेष गरी जनताको खानपान, दैनिक चर्यामा जनचेतनाको अझै अभाव रहेको छ । खानेपानी एक घर एक धार स्वच्छ खानेपानी कार्यक्रम सुचारु भएको छ ।
० अन्य दलको साथ सहयोग कस्तो छ ? विकास निर्माणको काम गर्दा अवरोध छ छैन ?
विकास निर्माण तथा वडा स्तरको अन्य क्रियाकलापमा सबै दलसँग हातेमालो भएको छ । सबै दलको साथ सहयोग पाएको छु । विकास निर्माण कार्य गर्दा अपवादमा बाहेक अवरोध छैन केही गुनासो आएमा सम्बोधन गरिएको छ ।
० विकास निर्माणको काम के गरेको छ ?
आफु जनप्रतिधि हुँदा सडक जिर्ण अवस्था थियो । खानेपानीको अभाव, टोल टोलमा सडकको अभाव, शैक्षिक स्तरमा रहेका भवन तथा अन्य व्यवस्थापनमा समस्या, अक्षित वर्ग प्रति समावेश कार्यक्रम तथा विविध समस्यालाई पहिलो प्राथमिकता राखी सम्बोधन गरियो । अल्पकालिन योजना पुरा गरियो । दिर्घकालिन योजना सुरुवात गरियो ।
० नमूना वडा बनाउन के गर्दै ?
नमुना वडा बनाउन गुणस्तरिय प्राविधिक शिक्षामा जोड, महिला वालबालिका, दलित, विपन्न, सिमान्तकृत वर्गको आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारीमा विकास पर्यटनमा विकास प्रत्येक घर परिवार व्यवसायिक तथा रोजगार भई बैदेशिक वा अन्य स्थानमा विविध कारणले विस्थापित परिवार फर्काई, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासमा सम्पन्न सचेत र सुखीत समाजको विकास गर्ने ।
० सेवा प्रवाह कस्तो छ ?
सेवा प्रवाह २४ सै घण्टा दिएको छु ।
० जनता सन्तुष्ट छन् ?
जनताको सन्तुष्टि पर्यात सम्बोधन गर्न सकिएको छैन । आगामी ४ वर्षमा सम्बोधन गरिसकिने छ ।
० अवका योजना के छन् ?
अवका योजना एक घर एक स्वच्छ खानेपानी धारा, सिचाई पर्याप्त र पठन पठनमा उच्च शिक्षाको लागि वडा स्तरमै व्यवस्था, स्वास्थ्यमा सुधार गरी अस्पताल सम्मको व्यवस्था, पर्यटन विकास, होम स्टे स्थापना, आवश्यक पूर्वाधार विकास, भवन सडक स्तरउन्नती पिच, व्यवसायिक खेती, नगदेवाली एक टोल एक उत्पादन कार्यक्रम रहेको छ ।