काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।   

केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले शनिबार सपथ ग्रहण गरेका छन् ।           

नेकपा एमाले पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमालेका प्रभावसाली नेता तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको विशेष आतिथ्यतामा नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन सम्पन्न भएको हो ।     

कार्यक्रममा काभ्रे जिल्ला कमिटीका पदाधिकारी, भुम्लु पालिका इन्चार्ज प्रेम लामा, जिल्ला कमिटी सदस्य, पालिका सह-इन्चार्ज, पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका पदाधिकारी लगायत नेकपा एमाले लाई माया गर्ने झण्डै ४०० जना मानिसहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..