बनेपा – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा २०७६ सालमा स्थापना भएको कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाको उद्घाटन समाजसेवी, शिक्षा प्रेमी, पुर्व जि.शि.अ. डा. चन्द्र प्रसाद लुइँटेलले गरेका थिए ।

साधारणसभाको कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले सामाजिक अभियानमा कोशिपूर्व एकता समाज काभ्रेले खेलेको भुमिका अत्यन्तै राम्रो रहेको बताउँदै आगामी दिनहरुमा आफूले सक्दो सहयोग गर्ने बताए । यस सामाजिक संस्थामा आफूपनि आजिवन सदस्य बन्ने कार्यक्रममा घोषणा गरेका थिए ।

 

त्यसैगरि कार्यक्रममा प्रभाव बहुमुखी क्याम्पसका पुर्व प्रमुख चुडा प्रसाद चौलागाईं, समाजसेवि बुद्धिजीबि बाबु कृष्ण पन्तको बिशेष आतिथ्यतामा सम्पन्न साधारणसभामा विभिन्न दलका जिल्ला तथा प्रदेश स्तरीय सामाजिक नेताहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अजिवन सदस्य राजकुमार गौतम, पुष्पलाल गौतम, करि प्रसाद चौलागाईं लगायतले संस्था तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।


सामाजिक क्षेत्रमा समर्पित यस संस्थाले अन्तिम संस्कारमा आर्थिक सहयोग गर्नुको साथै भेटघाट विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष तोरण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाको सचीव डिल बहादुर भुजेल क्षेत्रीले गरेका थिए भने उपस्थित भएका सबैलाई संस्थाको उपाध्यक्ष गिता कुँवरले स्वागत गरेकी थिएन ।

कार्यक्रममा संस्थाको समग्र गतिविधिको बारेमा संस्थापक समेत रहेका अध्यक्ष तोरण प्रसाद गौतमले राखेका थिए ।

कोशिपूर्व बाट बनेपा तथा आसपासमा फैलिएर बसेका कोशिपूर्वका व्यक्तिहरुमा पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउन पहल हुनुपर्ने आवश्यकता औँल्याउँदै संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष गौतमले एकता समाजको लक्ष्य, उद्देश्य र भावी योजना बारे कार्यक्रमबारे जानकारी दिनुभएको थियो । जिल्लासँगको सम्पर्क र व्यापकता हुने गरी समाजले स्थापना दिवस वार्षिक साधारणसभा आयोजना गर्दैआइरहेको छ । उक्त कार्यक्रममा कोशिपूर्वका मानिसहरुको उल्लेखनिय उपस्थिति भव्य र सभ्य रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..