काभ्रेपलान्चोक – मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ ।

सम्मानित हुनेहरुमा नेपालकाे पहिलाे महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिस्ठ कलाकार चैते देवि, (मिलाप क्रेयसन )पत्रकार गिता अधिकारी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी बर्षा आचार्य लगायत समाजमा योगदान पु¥याउने महिला दिदी बहिनीहरुलाई सम्मानित गरेको समाजसेवी, कलाकार तथा सो संस्थाको प्रेस सल्लाहकार राजन थापाले जानकारी गराउनुभएको छ ।       

सम्मानित नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मान पत्रले सम्मान गर्नु भएको थियो भने समाजमा योगदान पु¥याउने महिला दिदी बहिनीहरुलाई मायाको चिनोसमेत वितरण गरिएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शान्ति परियार, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत, नेकपा माओवादी केन्द्र समानुपातिक सदस्य कल्पना मियां कार्यक्रमको बिशेष अतिथीमा हुनुहुन्थ्यो । उहाँहरु लाई दोसल्ला ओडाएर संस्थाका अध्यक्ष मन्जु खाँड, प्रमुख अतिथि, काठमाडौं शाखाको अध्यक्ष मिना बस्नेत साथै प्रेस सल्लाहकार थापाले सम्मान गर्नु भएको थियो ।     

संस्थाको केन्द्रिय अध्यक्ष मन्जु खाँडले कार्यक्रममा बोल्दै सडकमा अलपत्र परेका बालबालिका र दुख पिडा हिँसामा परेका महिलाहरु लाई सदैव सहयोग गर्ने र न्यायको लागि हरपल लडिरने बताउनु भयो ।

मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाकी महासचिव रितु अधिकारी (कमला) ले सञ्चालन गर्नु भएको कार्यक्रम मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाकी अध्यक्ष मिना बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । भद्रकालिस्थित राष्ट्रिय महिला आयोगमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष मन्जु खाँडलगायतका बक्ताहरुले ११३ औं महिला दिवसको बारेमा आआफ्नो धारणासहितको मन्तब्य राख्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..