काभ्रेपलाञ्चोक – सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्धक हुनुहुन्छ पार्बती थापा । काभ्रेको डाँडा पारि साल्धारा फलामेटार गाविसमा जन्मनु भएको थापा काभ्रे जिल्लाको सहकारी क्षेत्रमा आबद्ध भएर काम गर्न लागेको लामो समय भयो । प्रारम्भिक अध्ययन गाउँकै स्कुलमा पूरा गरेर बाँकी पढाईको लागि सहर तर्फ आएर अध्यान पूरा गरे बताउनु भयो । सहकारी शिक्षाको अध्ययन गर्नुभन्दा अघि खासै जिन्दगी महत्वपूर्ण लाग्दैन थियो । ३ वर्षसम्म शिक्षक पेशामा र ९ वर्षसम्म सहकारी क्षेत्रको अध्ययनशील एवं क्रियाशील कर्ममा लाग्दा विस्तारै जिन्दगीको भोगाई संगै धेरै कुरा देखियो, भोगियो । सक्षम सहकारी संस्था लि.मा काम गर्दा ९ वर्ष गुजारेको अनुभब संघर्षले गर्दा यहाँ सम्म आइपुगेको छु । मेरो जीवनको बालापन सरल र सहज तरिकाबाट वित्यो । विद्यालयस्तरिय पढाई सम्पन्न भए लगतै मैले मेरो जीवनको पहिलो आम्दानी सक्षम साकोस बनेपामा बजार प्रतिनिधिको रुपमा काम गरेर कमाएको थिएँ । मेरो रुची भनेको समाज सेवा गर्ने थियो अहिले म सहकारी कर्मी भएको छु यसमा नै म गौरब गदर्छु । विगत ९ वर्ष देखी सहकारी क्षेत्रमा आवद्ध भएर अन्य विविध क्षेत्रमा संग्लन रहि कार्य गदै अहिले सक्षम साकोसमा प्रबन्धक रहि कार्य गरिरहेको छु । हुनत पछिल्लो समय सहकारी क्षेत्र नै धरासाहीमा छ । सरकारले बेलैमा यस क्षेत्रमा चासो नदिने हो भने आर्थिक संकट देखा पर्ने देखिन्छ । जसमा काभ्रेका केही सहकारी संचालक र प्रबन्धक सम्पर्क बिहिन छन् भने यो अवस्था आए पछि केही ऋण लिएका ब्यक्तिहरु तिर्नु पर्दैन भनि खुलेआम हिडिरहेका छन् । सहकारीले बारम्बार फोन गर्दा पनि ऋण लिएका व्यक्तिहरु ऋण तिर्न आउदैन्न । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले पछिल्लो समय सहकारी क्षेत्रमा देखापरेको समस्या सम्बन्धि रहेर सक्षम साकोसका प्रबन्धक पार्बती थापासँग गरिएको समसामयिक कुराकानि 

 

० सक्षम बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
सक्षम सहकारी नेपालको सहकारी बिकासको क्रमलाई सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछ्याउंदै हाम्रो देश नेपालको सुन्दरताको अस्तित्व बोकेको सुन्दर विश्वमा एक सुन्दर भनि चिनिने संघिय गणतन्त्र नेपालको प्रदेश नं ३ अन्तर्गत बाग्मती अञ्चलको काभ्रे जिल्ला बनेपा अतिनै मनमोहक ठाउको रुपमा पर्दछ । सुरुमा मासिक २० रुपैया जम्मा गरी संचालन गरिएको यो बनेपाको उर्वर भुमिमा सुस्त मनस्थितीका बालवालिकाको कल्याण तथा उन्नतिको उदेश्य बोकी सुस्त बचत तथा ऋण सहकारी संस्था लि. वि.स २०५१ साल श्रावण १९ गते विविधत रुपमा डिभिजन सहकारी कार्यलय धुलिखेलमा दर्ता नं १२७÷०५१÷०५२ मा दर्ता भएको हो । सुस्त बचत तथा ऋण सहकारी संस्था लि.बाट नाम परिर्वतन गरी सक्षम बचत तथा ऋण सहकारी संस्था लि. भई यस संस्थाको ईतिहास आरोह अवरोहको निकै संघर्ष पछि आजको अवस्थामा संस्थालाई पु¥याउन वा सफल बनाउन गरीएको अथक प्रयास पछि यस संस्थाले समृद्व बन्नको लागि हरेक व्यक्ति आ–आफनो क्षेत्रमा सक्षम हुनुपर्ने कुरालाई समाजमा व्यक्त गर्नको लागि समृद्विको आधार नै सक्षमता भन्ने नारालाई आत्मासाथ गर्दै सदस्यलाई सक्षम बनाउनको लागी विभिन्न कार्यक्रमहरुको योजनाका साथ अघि बढिरहेको छौ । वि.स २०५१ सालमा स्थापित सक्षम बचत तथा ऋण सहकारी संस्था लि. पुर्वाद्धमा विशेष गरि सुस्तः मनस्थितिका बाल बालिकाहरुलाई सहयोग र राहत पु¥याउने उद्धेश्यले स्थापित सुस्तः मनस्थिति बचत तथा ऋण सहकारी संस्थाको संशोधित संस्था हो । समयको अन्तरालसँगै यो संस्थाले उकालो–ओरालो गर्दै, तगाराहरु छिचोल्दै, जँघारहरु तर्दै, २८ औ वर्ष पुरा गर्न गरेको छ । निम्न तथा मध्यम वर्गका सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहयोग पु¥याउनका लागि समर्पित यस संस्थाले उद्धेश्य अनुरुपका कार्य व्यापारहरु गर्दै आएको देखिन्छ । यसको अलावा केही वर्षदेखि महत्वपुर्ण र उपायोगि पुस्तकहरुको प्रकाशन र पुनः प्रकाशन गर्दै आएको छ । यस्तो नविनत्तम सोच लिएर यस संस्थाले सामाजप्रति थप जिम्मेवार बहन गरेको छ । यस्तो सकारात्मक सोच र उद्धेश्य अनुरुप यस वर्ष पनि सहकारी विद कैलास भक्त प्रधानाङको ५ लेखहरुको संगालो पुस्तक प्र्रकाशन गरी निकै स¥हाहनीय कार्य गरेको छ । यस्तो महत्वपुर्ण सोच बोकी अधि बढेको सक्षम बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी सहकारी विच समन्वय बाट नै सदस्यहरु र संस्थाको पनि हित हुने कुरालाई संस्थाको तर्फबाट सहकारी अभियन्ताहरु सामु लान पहल गरिएको छ । स्थानीय जनताहरुका आर्थिक र सामाजिक स्थर अभिवृद्वि गर्ने उदेश्यबाट पे्ररित भई स्थापित यो संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक भरि रहको छ । यस संस्थाको मुख्य कार्यलय बनेपा चारदोबाटो–७ मा रहेको छ । भने सेवा केन्द्र २ वटा साँगा र पनौतीमा रहेको छ । सक्षम गरिबी निवारण कोष पनि स्थापना गरि सदस्यहरुलाई सहज र सजिलो रुपमा सेवा प्रदान गर्दै आएका छौ ।

० तपाई त सहकारीको व्यवस्थापक हुनु हुन्छ , आफना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनु भएको छ, यो परिस्थितिमा ?
व्यवस्थापक रुपमा काम गदै आए देखी नै सदस्यहरुको सेवामा तलिन हुदै संस्थाको काय विधीलाई निग्लदै सदस्यहरुको मनोभावना बुझि सदस्यहरुको सेवामा अधि बढदै छौँ । साथै संस्थामा व्यवस्थापन संचालक समिति र कर्मचारी विचको टिमवर्क नै सफलताको कारण हो जस्तो लाग्छ । टिम वर्क राम्रो भएर नेतृत्व बर्गले सहि समयमा सहि निर्णय लिन सक्यो भने जस्तोसुकै अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने मेरो अनुभव रहेको छ । यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्न सक्ने संवल सुरक्षित र स्वास्थ्य वितिय संस्थाको भरपर्दो विकल्प बन्न काय गर्न लागि परेको छु । संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयास स्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकाश गर्दै लगिएको छ । अभैm प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शि, लगनशिल र सिकेका सिपहरुको कार्यावयनमा ध्यान दिई उप्पादकत्व वृद्धि गर्न सक्षम हुनुपर्दछ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि निश्चित रुपमा सक्षम साकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कु्रामा सचेत रहदै हामी सम्पूर्ण कर्मचारीहरु सदव संस्थामा आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौ ।

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
अहिलेको समस्या राष्ट्रिय तथा अन्तर्राष्टिय आर्थिक संकटको कारण पनि हो । यो भन्दा पनि सहकारीमा तत्काल विश्वासको संकट छ । राखेको पैसा झिक्न मात्र तल्लिन छन् । बचत गर्न डराएका छन् । सरकारले कम्तीमा सिंगो सहकारी अभियानमा समस्या छैन, गलत गर्नेलाई कारवाही गर्छौ भनेर म्यासेज दिनुपर्छ । संस्थाहरुलाई अभियानले गाइड गर्नुपर्छ । अहिलेको तरलताको समस्या सबै क्षेत्रमा छ । त्यहि समस्या सहकारीमा पनि छ । बचतकर्तालाई अहिल्यै पैसा चाहिएको छ । तरलता व्यवस्थापनका लागि कुनै स्रोतबाट ल्याउन सकिने अवस्था पनि छैन । सहकारी ऐन‐२०७४ मा यस क्षेत्रलाई व्यवस्थित गर्ने धेरै प्रावधानहरु ल्याइएको छ । तर ती व्यवस्थाहरु कार्यान्वयन नहुँदा अहिलेको समस्या आएको हो । सहकारी संस्थाहरु यतिबेला जनताको पैसा फिर्ता गर्दा गर्दा लगभग शुन्यको अवस्थामा पुगेका छन् । तरलता संकट राष्ट्रिय समस्या हो । आर्थिक मन्दीका कारण यो समस्या भइरहेको छ ।

 


० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
मेरो बुझाईमा त सहकारी जब नाफामुखी हुने कुरा उठछ त्यो असत्यको बाटोमा जान्छ । सेवामुखी व्यवसाय भन्ने भयो भने सत्यको बाटोमा जान्छ ।

 

० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको के हो त ?
सहकारी भनेको वित्तिय कारोबार गर्ने सहकारी संस्था मात्र नभई समुदाय भित्रका जन समुदायको लागि आश्यक सेवा सुविधा पुस्याउने जनताकै संगठन पनि हो । नेपाली शव्दकोशका अनुसार सहकारीको अर्थ सहकार्य हो । सहको अर्थ संग संगै र कार्यको अर्थ काम भन्ने बुझिन्छ । अतः सहकारी शव्दको वास्तविक अर्थ संग संगै मिलेर कार्य गर्ने भन्ने बुझिन्छ । त्यस्तै सहकारी शब्द चार वटा अक्षरहरू मिलेर बनेको छ, जसको अर्थ स–(उद्धेश्य प्राप्तीका लागि सँगसँगै), ह–(हातमा हात मिलाई), का–(कानुन सम्मत तरीकाले) र री–(रीत पुर्वक काम गर्ने) भन्ने जनाउछन् । सहकारी भन्नाले समान उद्धेश्य र आर्थिक अवस्था भएका मिली आवधिक रुपमा पैसा जम्मा गरि सो पैसालाई आपसमा परिचालन गरी सदस्यको आर्थिक, सामाजिक,र सास्कृतिक रूपमा जीवनस्तर माथि उकास्नका लागि स्थापित ब्यवसायिक तथा सामाजिक संस्थालाई बुझिन्छ ।

० तपाईको अनुभब र सहकारी गतिलाई कसरी लिनु भएको छ ? र सहकारी क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?
व्यक्तिगत लाभ हानीबाट मुक्त भएर आथिक, सामाजिक र साँस्कृतिक रुपमा नै सदस्यहरुको सामूहिक उत्थानका लागि समर्पित भएर काम गर्नु नै सहकारीकर्मी हुनु हो । त्यसैले सहकारीकर्मी भन्नासाथ गौरव लाग्छ । तर सहकारीकर्मीहरुले सहकारी व्यबसायको स्वामित्व नलिने र सैद्धान्तिक एवं नीतिगत कुराहरु मात्र ठूला–ठूला गरिदिनाले ब्यबसायिकता नै ओझेलमा परिरहेको देखिन्छ । अर्थात् सहकारी अभियानको नेतृत्वले सहकारीको व्यवसायिकतामा जोड दिनुपर्छ । त्यसका लागि सर्वप्रथम नेतृत्वले व्यवसायको स्वामित्व लिनुपर्छ सोही अनुरुप कार्य गर्न सकेमा सुनमा सुगन्ध थपिने थियो । बचत मार्फत छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पुँजी निर्माण गर्ने र उक्त पुँजी ऋणद्वारा सदस्य माझ परिचालन गरी उत्पादनसंग जोडेर रोजगार निर्माण गर्ने माध्य वा संगठन हो । सहकारी एउटा सिद्धान्त, दर्शन र मान्यतामा आधारित व्यवसाय हुँदाहुँदै पनि अन्य व्यवसाय भन्दा फरक सामाजिक व्यवसाय हो । सहकारी क्षेत्र अन्य क्षेत्र भन्दा यो मानेमा फरक छ कि, निजी व्यवसाय नाफामूलक हुन्छ भने अर्को एक थरी व्यवसाय गैर नाफामूलक हुन्छ । तर वास्तविक रुपमा भन्नुपर्दा सहकारी क्षेत्र, बुद्धवाणीको मध्यम मार्ग भने झै दुइटै अतिवाद बीचको बाटो भएको र केही नाफामूलक भईकन विशेषत  सदस्य कै श्रोत परिचालन गरी सदस्यहरुलाई नै सेवा दिने र सदस्य बीच नै समूचित ढंगबाट प्रतिफल वितरण गर्ने एक मात्र उद्देश्य रहेको व्यवसाय हो । त्यसैले यस क्षेत्रमा मुख्यतया प्रजातान्त्रिक नियन्त्रण, समूचित व्यवस्थापन, जिम्मेवारी, आन्तरिक नियन्त्रण र जवाफदेहिताको कुरा प्रधान देखिन आउँछ । नेतृत्व विकास, व्यक्तित्वको विकास, पुँजी निर्माण, व्यवसाय प्रवद्र्धन, जोखिम न्यूनिकरण, क्षमता अभिबृद्धि, स्वनियन्त्रण, रोजगार श्रृजना जस्ता महत्वपूर्ण विषयहरु सहकारीसंग जोडिएको हुन्छ । सहकारीमा कोही धन मात्र कमाउने उद्देश्यले लाग्ने विचार गर्नु भएको छ भने, त्यो ठूलो भ्रम र घातक हुनेछ । यहाँ सिकाईको निरन्तरता छ, आर्थिक आधार छन् , सामूहिक प्रयासको परिणाम छ, सामूहिक नेतृत्व र सामाजिक रुपान्तरणका नमूनाहरु छन् , समग्रमा भन्ने हो भने सहकार्य मार्फत सबैको सम्बृद्धि रहेको छ । उत्पादन वृद्धि र लाभको वितरण पुछारका जनता सम्म पु¥याउन सहकारी शसक्त हुनुपर्छ शासन संचालन गर्नेहरुले यो बुझनु जरुरी छ भौगोलिक हिसावले पनि विकास गर्न कठिन नेपालमा सहकारी अर्थतन्त्रको विकास सबल नबनाए समृद्धि बनाउन सकिदैन । सहकारी अभियानले विस्तार पाउनेमा आशावादी छु ।
० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
सहकारी क्षेत्रको दिगो विकास र यसको सिर्जनशील प्रयोगका लागि सहकारीमा प्रशस्त मात्रामा अध्ययन र अनुसन्धान हुनुपर्देछ तर सरकार र सहकारीको नेतृत्वदायी निकायले यो बिषयमा गम्भीर ढंगले कार्य गरेको देखिदैन । सहकारी क्षेत्रको अनुसन्धानात्मक बिकासका लागि सरकार र सहकारी क्षेत्र दुवै योजनाबद्ध रुपमा लाग्नु पर्दछ । एकातिर सहकारीका सम्बन्धमा गहन अध्ययन अनुसन्धान हुन नसकेका कारण सहकारी सम्बन्धी नीति निर्माणमा त्यसको पृष्ठपोषण लिन सक्ने अवस्था न्यून छ भने आकोंतिर सहकारीले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको बारेमा यथार्थ तथ्यांकको अभावमा अनुमानको भरमा काम चलाउनुपर्नै बिडम्बनापूर्ण अबस्था विद्यमान छ । यसका लागि सरकारले सहकारी अध्ययन तथा अनुसन्धान प्रतिष्ठान स्थापना गरि त्यसमार्फत अनुसन्धान कार्यलाई अगाईी बढाउन् पर्दछ ।

० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहांको राय के छ ?
दोहोरी सदस्यता सम्बन्धी नियम त बन्यो, तर कायर्यान्वयन कतिको सहज छ ? भन्ने विषयमा यो कार्यान्वयन त्यति सहज छैन । मानिस स्वतन्त्र प्राणी हो स्वतन्त्र रूपमा नै चल्न चाहान्छ । उसका आवश्यकता र चाहानाहरू पू्र्ति गर्न वातावरण राज्यले देओस भन्ने चाहान्छ । यी परिपेक्ष्यमा राज्यले सहकारीमा गल्ती कमजोरी गर्ने व्यक्ति तथा संस्थाको वास्तविक अनुगमन गरी नियन्त्रण गर्नु पर्नैमा सरकारले ल्याएको नीति तथा कानुनको परिधिमा रही स्वतन्त्र रूपमा सदस्य केन्द्रित भई काम गरिरहेका सहकारी र सहकारीकर्मीहरूलाई कानुन ल्याएर जर्बजस्ती नियन्त्रण गर्ने अभ्यास कुनै पनि सहकारीकर्मीलाई मान्य हुने छैन ।

० सहकारीहरुले बचत कर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् ? के यसमा सहकारी कर्मीहरुको कुनै दायित्व हुदैंन ?
यो सब कुरा भ्रम हो एउटा सहकारीले बिगार ग¥यो भनेर सबैलाई उस्तै नजरले हेर्नु हुदैन । बिश्व अर्थतन्त्र नै खस्किएको बर्तमान परिप्रेक्ष्यमा नेपालमा पनि दुई चार वटा सहकारीले गरको बदमासीले साना सहकारीलाई समाजमा आप्mनो छबि बचाई राख्न हम्मे हम्मे परको अवस्था छ । यस्तो अवस्थामा सहकारी क्षेत्रको साख कसरी जोगाउने भन्ने बिषयमा कहि कतै छलफल भएको पनि देखिन्छ । राष्ट्रिय सहकारी महासंघ र विभिन्न संघहरूको संयुक्त विज्ञप्ति पनि प्रकाशित भएको छ । यो स्थितिमा प्रत्यक्ष रुपमा आर्थिक, सामाजिक रुपमा आप्mनो सहकारीसंग आबद्ध सदस्यहरूको पनि महत्वपूर्ण भूमिका हुनुपथ्र्यो तर यहाँ त्यसो भएको पाईदैन । सहकारीका संचालक र कर्माचारीको टिमले सदस्यहरूको पैसा अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारणले पनि यो स्थिति भोग्नु परको कुरामा कुनै दुईमत नै छैन । संचालकले आप्mनो संस्थामा आबद्ध शेयर सदस्यहरूलाई माया एंव सदभाव जगाउन नसक्ने बनाउनु नै कमजोरी हो । यो बेला प्रत्येक सदस्य आपूmले खेल्नुपर्ने भूमिका खेल्न सक्ने बनाउने जिम्मा संचालक समितिको हुन्छ । एकको लागि सबै र सबैका लागि एक भन्ने सहकारीको सर्वमान्य मान्यता हो । छरिएर रहेको पुँजीलाई एकदल गरी पे्रत्यक सदस्यको घरघरमा पुगी सयपचास उठाएर फेरि तिनै सदस्यलाई लगानी गरी उनीहरूको आर्थिक जीवनस्तर उकास्ने माध्यम हो सहकारी संस्था र हामीले त्यही नै गरिरहेका छौं । हुने खाने र हुँदा खाने बिचको खाडल पुर्दै समाजमा समानता ल्याउने माध्यम पनि हो सहकारी । सहकारीकर्मी जोसुकैलाई पनि अहिले सहकारीमा काम गर्छु भन्दा हिचकिचाहट हुने स्थिति सिर्जना गर्ने जमातबाट हामी टाढा रहन सक्नु पर्छ । आप्mना शेयर सदस्यहरूलाई बुझाउन सक्ने क्षमता हामीमा बिकास भयो भने कुनै नकारात्मक समाचारको पछि दौडेर आप्mनो सहकारीमा बचत फिर्ता गर्नेको घुइँचो सहनु पर्ने स्थिति आउँदैन । कसैसंग उठाएको पैसाले कसैको आर्थिक पाटोमा उन्नति ल्याउँछ त केवल सहकारीले यो समय बजारमा आएका नकारात्मक समाचारको पछि लागेर आप्mनो संस्थालाई औंला उठाउनु भन्दा मेरो एक प्रयासले संस्थाको साख बलियो हुन्छ भन्ने सोचको विकास प्रत्यक शेयरधनी सदस्यमा हामी सहकारीकर्मीले जगाउन सक्नु पर्छ । यो समय आत्तिने र अत्तालिने भन्दा आपूmले गरको कामको गर्व गर्ने बेला हो । चामलको थुप्रोमा एक दुईवटा धान भेटिए जस्तै हो। कुनै एउटा सहकारीमा बदमासी भयो भन्दैमा सबै सहकारीमा हुन्छ भन्ने होईन । सहकारी भित्र काम गर्न त्यति सजिलो छैन तर चुनौति भित्र पनि मीठो अनुभुति यस क्षेत्रमा छ । समाजको बास्तविक चित्रण देख्न पाईन्छ । समाजमा महिलाहरूको जीवनस्तर उकास्ने आर्थिक सारथी बन्ने चेष्टा यहाँ छ । तल्लो बर्गको मुहारमा हाँसो थप्ने ईटा भई काम गर्न पाईन्छ । दिनको लाखौं रुपैयाँ खानपानमा सक्ने बर्गलाई थाहा हुदैन, सहकारी के हो ? दिनमा सय पचास रुपैयाँ जम्मा गररे मासिक घर भाडा बुझाउने, छोराछोरीको फि बुझाउने बर्गलाई सहकारीले संगै लिएर हिडेको छ । त्यसैले हामी गर्व गर्छौं आप्mनो काम प्रति । आप्mनो कामले कसैको चुलो बलेको देख्दा, कसैको छोराछोरीले उच्च अंक गरको देख्दा र कसैको नाङो आङ ढाकिएको देख्दा गर्व लाग्छ आप्mनो काम प्रति । एउटाको बदमासीले गर्दा सिङो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं । हामी सहकारीकर्मी र शेयर सदस्यहरू सबै मिलेर गलतलाई पहिचान गर्न सकौं र राम्रोलाई सम्हालेर मलजल गरौं ।

० अहिले सदस्यहरुले यस सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ?
सहकारीले आफनो सदस्य तथा समुदायलाई हरेक पटक फाइदा अङ्कमा मात्र दिनुपर्छ भन्ने होइन । क्याल्कुलेटरले देखाउन नसक्ने र चेक बुकबाट दिन नमिल्ने कुरा जब हामी दिन्छौ तब हामी गौरवको अनुभव गर्ने अवसर पाउछौ । क्याल्कुलेटर र चेक बुक भन्दा निकै माथि पुग्न सक्यौ भने हाम्रो मन आनन्द र आत्मसन्तुष्टिले भरिपूर्ण हुनेछ । समाजका साधक, स्रष्टा, कवि, कलाकार, शिक्षाकर्मी सामाजिक कार्यकर्ता जसले आ–आङ्खनो जीवन त्यस क्षेत्रमा निःस्वार्थपूर्वक समर्पण गरी समाजको नाम चम्काए या माथि उठाए, तिनको यथोचित सम्मान सहकारीको तर्फबाट पनि हुन आवश्यक छ । विशिष्ट योगदानको कदर गर्नु पनि सामाजिक उत्तरदायित्व नै हो । तिनलाई सहयोग गर्ने, तिनका कृति, कीर्ति नयाँ पुस्ताबीच पनि पु¥याउने तिनको योगदानको चर्चा–परिचर्चा गरी समाजको उत्साह बढाउने, ऊर्जा प्रदान गर्ने र पथ प्रदर्शन गर्ने कार्य क्रमशः अगाडि बढाउन आवश्यक भएकोले निती बिधिमा रहि स्थानीय सदस्यहरुका आर्थिक र सामाजिक स्थर अभिवृद्वि गर्ने उदेश्यबाट पे्ररित भई अघि बढेका छौ।

० सहकारीमा य्ुवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवा अवस्थाको सुन्दर पक्षलाई गहन र मनोवैज्ञानिक रुपमा चित्रण गरेको छ । युवा अवस्था मानिसको सबैभन्दा बहुमुल्य गुण भएको अवस्था भएकाले नै उसले आफूलाई मात्र होइन, समुदाय र विश्वलाई नै आफ्नो रचनात्मक क्षमताबाट खुसी बनाउन सक्छ । सुन्दर बनाउन सक्छ । त्यसका लागि अब युवालाई रोजगारीको खोजीमा नभई रोजगारी सिर्जनाकर्ता बन्न तयार गर्नुपर्छ । हामीले हाम्रो व्यावसायिक र सीप सञ्जाललाई महत्वकांक्षी बनाउन आवश्यक छ । यदि धेरै युवा कर्मचारी बन्न चाहन्छन् भने त्यसले देशमा रचनात्मक रुपमा फरक पार्दैन । यसबाट त उपभोग्य अर्थतन्त्र बन्छ । आज नेपालको आवश्यकता हो रोजगार दाता अर्थतन्त्र बनाउनु, उद्यमशील अर्थतन्त्र बनाउनु । समृद्ध नेपाल निर्माणका लागि युवालाई नेतृत्व गर्न सक्षम, उद्यमी बनाउनै पर्छ । सामूहिक रुपमा काम गर्दा यो सम्भव छ । सामुहिक भावना जागरुक गर्न आवश्यक छ । त्यो सहकारी मार्फत सम्भव छ नेपालको सहकारी अभियानले युवाको एउटा राष्ट्रिय प्लेटफर्म बनाएर युवा परिचालन गर्ने, युवाको आवाजलाई बुलन्द गर्ने देखि युवादेखि युवासम्म सहकार्य र अन्तर पुस्ताबिचको अन्तरसम्बन्धलाई बढवा दिने कार्य गर्ने गरी जानुपर्छ ।

० भावी योजनाहरु के छन् ?
धेरै ठुलो आशाको योजना छैन सहकारी क्षेत्रमा केही राम्रो काम गरेर सहकारीलाई जनताको जनजीवन संग कलाको माध्यमबाट आगाडि बढन सक्छौ कि भन्ने चाहाना छ । बिगत बाट सिक्ने, बर्तमानमा काम गर्ने र भविष्यको सुखद यात्रा गर्ने लक्ष्यका साथ सक्षम सहकारी अगाडी बढिरहेको छ । सहकारी संस्थामा आवद्ध सबै सदस्यहरूले संस्थागत शुसाशनलाई आत्मसात गर्ने हो भने पक्कै पनि संस्थाले सफलताको शिखर चुमेरै छाड्ने छ भने अर्कोतिर संस्थागत सुशासन सम्बन्धित सहकारीकर्मीहरूमा चौतर्फी चेतना जगायौं र भावी पुस्ताहरूलाई सहकारी प्रति उत्प्रेरित गरायौ भने यस क्षेत्रमा सृजना प्रष्फुटन भई नयाँ आयाम थपिनेछ । सरोकारवाला निकायहरुको चासो लाई ध्यान दिँदै संस्थालाई थप सबल, सुरक्षित, व्यवस्थित र विधीसम्मत तवरबाट संस्था सञ्चालन गर्नको निमित्त विगतमा जस्तै आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर साथ, सहयोग, सद्भाव र सुझावको अपेक्षा गरिन्छ । साथै सदस्यहरुको संस्था प्रतिको चासोले नै हामीलाई थप सुकर्ममा लाग्ने प्रेरणा मिल्नेछ । गरेका काम प्रति सकारात्कम प्रतिकृया र प्रेरणाले थप ऊर्जा प्रदान गर्दछ भने सुझाव र प्रतिकृयाले सजग बनाउदछ सहकारी संस्थाले सदस्यबाट अपेक्षा गर्ने विषय यहि हो । एउटाको बदमासिले गर्दा सिङ्गो क्षेत्रलाई नै नकारात्मक दृष्टिले नहेरौं । हामी सहकारीकर्मी र शेयर सदस्यहरू सबै मिलेर गलतलाई पहिचान गर्न सकौं र राम्रोलाई सम्हालेर मलजल गरौं ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..