काभ्रेपलान्चोक – जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु गाउँपालिकाको दुई वटा वडामा बर्षैदेखि समस्यामा रहेको लालपूर्जा समाधानका लागि काम थालेको छ ।

लालपूर्जा वितरणका लागि जिल्ला नापी कार्यालयले दुई वटा वडाको लिखत आवश्यक भएको बताएपछि जिल्ला मालपोत कार्यालयले लिखत श्रेष्ता उतार्न सुरु गरेको हो । आज साँझाबाट काम थालिएको छ । २०३६ सालदेखिको लिखत उतार्ने काम थालेको बताइएको छ ।

२०३६ सालय यता कम्तिमा १ करोड ५ लाख रहेको अनुमान गरिएको छ । ती लिखतबाट भुम्लु गाउँपालिकाको वडा नम्बर ७ फलाँटे र वडा नम्बर ८ भुम्लुटारको लिखत एक ठाउँमा निकालिनेछ ।  यसअघि फागुन २५ गते गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोली जिल्ला मालपोत कार्यालयमा आएर लिखत उतार्ने विषयमा विस्तृत छलफल गरेको थियो ।  पछिल्लो समय गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लालपुर्जा समस्य समाधानको लागि सक्रियता बढेसंगै वडा बासी लालपुर्जा पाउने आश पलाएको बताउँछन् ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.