काभ्रेपलान्चोक – नेकपा एमालेको शक्तिशाली भातृ संस्था युवा संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

सहमतिबाटै नेतृत्व हस्तान्तरण हुँदै आएको युवा संघ नेपालको जिल्ला अधिवेशनको बन्द शत्रले धुलिखेलका ईश्वरवल्लभ सापकोटालाई अध्यक्षमा छानेको छ । दुई दिनसम्म चलेको अधिवेशनमा सागर रायमाझीले सर्वसम्मतको लागि मार्ग प्रशस्त गरेसँगै सापकोटालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले तेमालका रुपक रायमाझीलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युवा माझ निक्कै प्रिय रुपक अधिवेशनमा आर्थिक विभागका प्रमुखको जिम्मेवारीमा थिए । सचिवमा धुलिखेलकै सिवी तामाङ चयन भएका छन् ।

सहसचिव नमोबुद्धको अमन धिताल र पनौतीका सुरेश भुजेल तथा कोषाध्यक्ष बनेपाका रमेश बुढाथोकी सहित ५८ सदस्यीय जिल्ला कमिटी बनेको हो । अधिवेशनको शनिबार एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको थियो ।   

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..