काभ्रेपलान्चोक – कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल भएको छ ।कोरोना महामारीका कारण विद्यालय दुई वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन गराउने अवस्था छैन । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।
अनलाइन शिक्षा प्रणाली पनि खासै प्रभावकारी भएको छैन । ती विद्यार्थीहरुले लिने प्रयोगात्मक परिक्षा पनि निकै महत्त्वपूर्ण हुन्छ ।बिद्यार्थीहरु यी सबै कुरा बाट बन्चित भएर बसेका छन ।

विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly