बनेपा–बनेपा नगरपालिका वडा नं. ११ सल्लेमा करिव ५ दिनपछि बत्ती बलेको छ । भारी वर्षा र पहिरोका कारण विभिन्न स्थानमा बिजुलीका खम्बा ढलेको र तारहरु समेत चुडिएर पुर्ण रूपमा तहसनहस भएर अवरोध भएको बिजुली आज बाट पुनःसुचारू भएको हो ।

नेकपा एमाले बनेपा नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी र स्थानीय युवाहरुको सक्रियतामा उक्त स्थानमा आजबाट विजुली पुनः सुचारू भएको हो । नेकपा एमाले बनेपा नगर कमिटी का.बा अध्यक्ष नवराज मानन्धर नेकपा एमाले ११ नं.वडा अध्यक्ष जयराम गिरि, राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर अध्यक्ष सविन घिमिरे, सचीव जीवन भुजेल लगायत  स्थानीय  युवाहरुको उपस्थितमा विभिन्न स्थानमा जोखिमर्पूण अवस्थामा रहेका बिजुलीका खम्बाहरु झाडि र पहिरो बाट निकालेर  पुनः व्यवस्थापन  गरेको राष्ट्रिय  युवा संघ नगर कमिटीका अध्यक्ष सबिन घिमिरेले जानकारी दिएका छन।

नगरबासीको हरेक दुखसुखमा राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी साथ रहने उनले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly