काभ्रेपलाञ्चोक – यसपटक मिस युनिभर्स नेपाल २०२२ को चयन आगामी १९ अगष्टमा काठमाडौंमा एक समारोहबीच हुँदैछ । यो प्रतियोगितामा हिले ३९ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्दैछन् । यसबाट २० जना प्रतियोगी सेमी फाईनलमा अर्को साता छानिनेछन् । ती २० जनाहरु अन्तिम प्रतिस्पर्धामा उत्रने छन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । प्रतियोगितामा दुई डक्टर छन् । जस मध्य आयुष्नोभा एक हुन् । काठमाडौंको तिनकुने निवासी आयुष्नोभा अभिनेत्री तथा निर्माता रोशनी केसी र व्यबसायी अँगद ढुँगानाकी एकमात्र छोरी हुन् । उनी किन मिस युनिभर्स नेपालमा सहभागी भईन् त ? प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको बिशेष कुराकानी

० तपाई डक्टर भएर पनि मिस युनिभर्स नेपाल २०२२ मा भाग लिनुको कारण ?
एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । त्यो कार्य मैले गर्दै आएकी छु र जीवनभर गर्ने नै छु । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बनेर म देखाउन चाहन्छु । त्यसैले मैले यो प्रतियोगितामा भाग लिएकी हुँ ।

० चिकित्सा क्षेत्रमा तपाईको बिज्ञता के मा हो ?
मैले गत वर्ष बँगलादेशबाट छाला सम्बन्धि विषयमा एमबिबिएस गरेकी हुँ । यसमै एमडी गर्ने योजना छ । त्यसपछि साईक्राटिक बिषयमा पनि अध्ययन पुरा गर्नेछु । मुलत छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएकी हुँ । यतिबेला म काठमाडौंमै बसेर सेवा गरिरहेकी छु भने आउँदा दिनमा नेपालकै दुर्गम क्षेत्रमा गएर यो सेवा दिने लक्ष्य रहेको छ ।

० मिस नेपाल युनिभर्समा त्यस्तो के देख्नु भयो र सहभागी हुनु भयो ?
मेरो मामु सिनेमा क्षेत्रसँग आबद्ध हुनुहन्छ । त्यसैले चलचित्र तथा सौन्दर्य क्षेत्रमा मेरो सानै देखिको रुची हो । पेशागत रुपमा म एक कुशल डक्टरको रुपमा सेवा दिन तल्लिन छु । तर डक्टरको काम विरामी हेर्नुका साथै अन्य सामाजिक काम र गतिविधिमा पनि आफुलाई सहभागी गराउनु अझ राम्रो हुने मेरो अवधारणा छ । एउटा डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा पुगी नेपाल र आफुलाई विश्वसामु चिनाउँदै उपाधि जितेर ल्याउना सक्छ भन्ने कुरा म प्रमाणित गर्न चाहन्छु ।

० राज्यले यस्ता प्रतियोगितालाई अझै किन सकरात्मक रुपमा हेर्ने गरेको छैन ?
यही त मलाई दुःख लागेको छ । हुन त राज्यसँग अन्य धेरै समस्याहरु छन् । धेरै इस्युहरु छन् । ती इस्युको अगाडि यस्तो प्रतियोगिता उनको लागि चासोको विषय नहुन सक्छ । तथापि मिस नेपाल, मिस युनिभर्स नेपालले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउने गर्छन । उनीहरु नेपालको सँस्कृति तथा सदभाव दुतको रुपमा अन्तराष्ट्रिय प्रतियोगितामा गएका हुन्छन् । त्यसैले उनीहरुलाई राज्यले पनि सहयोग गर्नु पर्छ भन्ने मेरो सुझाब रहेको छ ।

० भोलीका दिनमा मिस युनिभर्समा तपाईंको लक्ष्य के छ ?
पहिलो लक्ष्य भनेकै नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा गई ताज जित्नु हो । फलस्वरुप मिस युनिभर्सको माध्यमबाट आफु र नेपाललाई चिनाउन मेरो लक्ष्य हो । त्यसको लागि मिस युनिभर्स नेपालको उपाधि जित्न आबस्यक छ । जसका लागि म तिब्र तयारीमा छु । मिस युनिभर्स नेपालको नारा जस्तो आफुलाई व्युटी र बोल्ड दुबै रुपमा प्रस्तुत गर्दैछु । सबैका लागि सहज स्वास्थ्य सेवा भन्ने मेरो नारा छ । यो नारालाई सार्थक पार्न पनि मलाई यो प्रतियोगिताले अझ सघाउने छ । तसर्थ सबैका लागि स्वस्थ्य सेवा सहज र पउँचयुक्त होस भनेर यो क्षेत्रमा मैले काम गर्नुछ । डक्टरहरु पनि सौन्दर्य क्षेत्रमा अब्बल हुन सक्छन है भनेर प्रमाणित पनि गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.