श्रीदेव भट्टराई लाई ‘ग्यालेक्सी एक्सिलेन्सी द बेस्ट मोडेलअवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

 

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको ( द बेस्ट मोडेल) विधामा श्रीदेव भट्टराईलाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

२०६० मा चलचित्र भाइ माराबाट अभिनय यात्रा सुरु गरेका श्रीदेव भट्टराईले नयाँ पुस्ता, ढुङ्गाको युग, सुकुलगुण्ड, बिरानो मायाको चाल, कुइनेतो, चाल, चिठ्ठी जस्ता धेरै चलचित्रमा अभिनय गरेका छन् । उनले बैगुनी रहेछौ मायालु, किन अछा याद तिमरो, याद तिमरो, ढेरै माया, मेरो मायाता सुगर फ्री हो, सायली तिमरो श्रीदेव जस्ता सय भन्दा बढी गीतमा अभिनय गरेका छन् छन् ।
उनले नेपालको एकमात्र अनुशासन पुरस्कार र गिनिज बुक अफ वल्र्डको प्रमाणपत्र प्राप्त गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे । सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी दिनेश डिसिले गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….