बनेपा महोत्सवमा भोलि आठौं दिन रचना रिमाल, राजेन्द्र खडगी र रेस्लिङ कार्यक्रम

 

काभ्रेपलान्चोक – बनेपा महोत्सव २०८० मा भोलि चर्चित गायिका रचना रिमाल, राजेन्द्र खडगी, सुर्यमणी आचार्य र रेस्लिङ कार्यक्रम हुने भएको छ ।

बिज्ञापन

बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा जारी बनेपा महोत्सव २०८० चौथो संस्करणमा आठौं दिन शुक्रबार युवायुवतीहरुमाझ लोकप्रिय गायिका रचना रिमाल, राजेन्द्र खडगी, सुर्यमणी आचार्य र रेस्लिङ कार्यक्रमको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

असोज १९ गतेबाट सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म संचालन हुनेछ ।