काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बि.पि.लोकमार्गमा चल्ने विभिन्न ५३ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो ।   

उक्त कार्यक्रममा चालकको दृष्टीलाई प्रभाबित गर्ने गरी सवारी साधनहरुमा राखिएको ५ वटा झालरहरु निकाल्नुको साथै १८ वटा सवारी साधन बाट प्रेशर हर्न समेत निकालिएको छ । 
केही दिन अगाडी मात्रै सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । भने आज जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस डट कम लाई जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly