टीकाको उत्तम साइत ११ः५३ मा

# टीकाको उत्तम साइत ११ः५३ मा
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, आश्विन ०६, २०८२
टीकाको उत्तम साइत ११ः५३ मा
यस वर्ष विजया दशमीका दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १६ गते पर्ने दशमीका दिन सो समयमा पूर्व मोहडा फर्किएर टीका लगाउने परम्परा अनुसार साइत निर्धारण गरिएको हो ।
समितिका अनुसार यस वर्षको दशैँ आज असोज ६ गते घटस्थापनासँगै सुरु हुनेछ । घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा रहनेछ । असोज ७ गते बिहान ९ बजेर ५३ मिनेटमा घरघरमा जमरा रोपिएको ठाउँमा झण्डा फेर्ने चलन रहेको छ । यस वर्षको दशैँमा असोज ११ गते श्रीपचली भैरव यात्रा, असोज १३ गते फूलपाती, असोज १४ गते महाष्टमी, असोज १५ गते महानवमी र असोज १६ गते विजया दशमी पर्छ । त्यस्तै असोज २० गते कोजाग्रत पूर्णिमा मनाइने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up