काभ्रेपलान्चोक – सर्वोत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको ८ औं वार्षिक साधारणसभा आइतबार काभ्रे प्रेस डटकमको सल्लाहकार, नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता, मदानी बिटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

संस्थाको अध्यक्ष नविनजंग पाण्डेको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो । अध्यक्ष पाण्डेले छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले विभिन्न चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभएको छ । विभिन्न समयमा सामाजिक उत्तरदायित्वको काम गर्दै आएको सहकारी संस्थाले हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितलाई पनि सहयोग गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

सस्थाले १७ जनालाईन विभिन्न विधा बनाई उत्कृत बचतकर्ताहरुलाई समान गरेको हो । ८ औं बार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाले ऋण असल कारोबार गर्ने उमेश पाण्डे, उत्कृष्ट मासिक बचतकर्ता रमिला श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता इभान्जली घिमिरे, इभा थापा, सुर्यवाणी श्रेष्ठ, एलेक्स बोहोरा, उत्कृष्ट दैनिक बचतकर्ता कपिल थापा, सुदिप बस्नेत, सुमित शाही, अमृता ढुङ्गाना, उत्कृष्ट मुद्धती बचतकर्ता राम कुन्द थापा, ध्रुब पराजुली, कृष्ष कुन्द थापा, राधिका थापा, बासुदेव थापा, सुमिता पाण्डे र उत्कृष्ट कर्मचारी पुर्णलक्ष्मी घिमिरेलाई सम्मान गरिएको हो ।

४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ ।

१० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक संकटकाविच ९ लाख २३ हजार ५ सय ८६ रुपैयाँ खुद मुनाफा गरेको सहकारी संस्थाका अध्यक्ष नविनजंग पाण्डेले जानकारी दिए ।

उनका अनुसार, सहकारीले यो बर्ष कृषि, शिक्षा, व्यवसाय, हायर पर्चेज लगायतका क्षेत्रमा ११ करोड १८ लाख ८२ हजार ३ सय २३ रुपैयाँ ऋण लगानी गरेको छ ।

बनेपा नगरपालिकाभर कार्यक्षेत्र रहेर करिब २४ सय सदस्य रहेको सहकारीमा १८ लाख ५२ हजार २ सय शेयर पुँजी छ ।

 

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..