साँगामा अत्यधिक लेदो, बनेपा–नाला–भक्तपुर सडक प्रयोग गर्न अनुरोध

काभ्रे । निरन्तर वर्षाका कारण साँगा क्षेत्रमा सडकमा अत्यधिक लेदो जम्दा आवतजावतमा समस्या देखिएको छ। विशेषगरी बनेपा–साँगा–भक्तपुर खण्डमा लेदो र बग्ने पानीका कारण साना सवारी साधनलाई गुड्न कठिनाइ भएको जनाइएको छ।

सडकको दायाँ–बायाँबाट बग्ने लेदो सडकमै थुप्रिँदै गएपछि जोखिम बढेपछि वैकल्पिक मार्गका रूपमा बनेपा–नाला–भक्तपुर सडक प्रयोग गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।
चालकहरुका अनुसार लेदोका कारण साना गाडी, मोटरसाइकल र स्कुटरहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन्।

बिज्ञापन

सडक सफाइ तथा लेदो हटाउने काम सुरु भइसकेको भए पनि वर्षा जारी रहेकाले केही समय सावधानीपूर्वक यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न प्रहरी र स्थानीय तहले आग्रह गरेका छन्।