


गाेदावरी नगरपालिका १४ नं वडा कार्यालय, प्रहरी बृत्त सातदोबाटो, प्रहरी प्रभाग बाडेगाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयाेजनमा शान्ति सुरक्षा सम्वन्धि बृहत् नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम वडा अध्यक्ष निराेज बज्रचार्य को अध्यक्षता वडा कार्यालयको सभाहलमा सफलतापुर्वक सम्पन्न भएको छ।


उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रहरी बृत्त सातदोबाटोका प्रमुख डिएसपी पुर्णिमा चन्दले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियोे । सो कार्यक्रममा अतिथि प्रहरी प्रभाग बाडेगाउका इन्सपेक्टर बिक्रम के.सी, वडा सदस्यहरु बाबुराजा महर्जन, लक्ष्मीनारायण श्रेष्ठ, संगिता श्रेष्ठ, कमला परियार, वडा सचिव शम्भु बस्याल र राजनितिज्ञ तथा समाजिक ब्यक्तित्व दिपेन्द्र श्रेष्ठ लगायत विभिन्न बिधालय, संघ संस्थाका विशेष महानुभाबहरू र जनसमुदाय काे समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजमा घट्ने विभिन्न घटना हरुको समाधान र शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि निभाउनु पर्ने भुमिका र कर्तव्य का लागि समुदाय-प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।


