भक्तपुर, मदरल्याण्ड स्कूल भक्तपुरको सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाका नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगरप्रमुख थापाले बालबालीकाहरुको पठनपाठन राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताउँदै विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने धारणा राखेका थिए ।

अन्तर्राष्ट्रिय पदक पाउन सफल सुर्यविनायक वडा ९ भातेढिकुर अवस्थित मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै थापाले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र अनुशासन कायम गर्ने विषयमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीको प्रतिभा प्रस्फूटन अतिरिक्त क्रियाकलप बेलाबेलामा गर्नुपर्नेमा समेत सुझाब दिए ।

नगर प्रमुख थापाले सुर्यविनायक नगरको विकास निर्माण सँगसँगै शिक्षालाई पनि अब विशेष प्राथमिकता राखेको बताउदै मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको भनि प्रशंसा गरेका थिए ।

मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम–२०८०” मा मन्तव्य राख्दै सूर्यविनायक वडा ९ का अध्यक्ष भगवान खत्रीले प्रि स्कुलबाट कक्षा १ मा स्तरोन्नति हुने ६७ जना विद्यार्थीहरुलाई दिक्षित गर्दै आफ्नो वडामा रहेको मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको लागि नयाँ नयाँ कार्यक्रम ल्याएकोमा खुशि व्यक्त गरेका थिए ।

वडाध्यक्ष खत्रीले अभिभावकहरुले आफ्नो बालबालिका घरमा के गर्दै छन् र मोवाइलमा के के हेरिरहेका छन् भन्ने कुरा ख्याल गर्दै अभिभावकको दायित्व निभाउनुपर्ने बताए ।
यसैगरी सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले भविष्य निर्माणमा टेवा पु¥याएको धारणा राख्दै मदरल्याण्ड स्कुलको प्रगतिमा २० औँ वर्ष देखि योगदान पुराउने सबैलाई सम्झदै आभार प्रकट गरेका थिए । वडाध्यक्ष बस्नेतले २०८३ सम्म सुर्यविनायक नगरपालिका बाल मैत्री बनाउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना प्रस्तुत गर्दै शैक्षिकमा मात्र नभई हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क सहित विद्यालयमा स्कुल हेल्थ नर्स राखी नर्सिगं कक्षा बनाइएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, २०८१ बाट व्यवस्थित विज्ञान र गणित प्रयोगशाला बनाइने र कक्षा १ देखि ७ सम्म संस्कृत भाषाको पनि सिकाई गरिने जानकारी दिए ।

प्रिन्सिपल खड्काले प्रि स्कुलको लागि विशेष ल्याव बनाई अगाडि बढाइएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने साथै बोल्ने र व्यक्तित्व विकासको लागि कार्यक्रम राखिएको बताउँदै विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको उल्लेख गरे ।

कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, सुर्यविनायक नगर शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा।कृष्ण प्रसाद ग्वाछा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, जगाति प्रहरी वृत्तका प्रहरी निरिक्षक रमेश थापा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, सचिव कुमार थापमगर, ईप्सन र प्याव्सन भक्तपुरका सचिव विजय कर्माचार्य, जिल्ला खेलकूद समितिका नि।अध्यक्ष दिपक थापा लगायतले मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गरेका थिए ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५६ जना विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक वर्ष २०८० मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १२ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रि स्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई कक्षा स्तरोन्नति सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, समय सापेक्ष विविध प्रस्तुति, गीत तथा नाटकका साथै विद्यार्थीहरुले मार्सल आर्टका डेमो समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाले प्रमुख अतिथि एवं अतिथि लगाएत पत्रकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम–२०८० मा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी ६७ जनालाई सम्मान पत्र वितरण र एसएलसी २०७० व्याचको विदूर कार्कीलाई सशस्त्र प्रहरी अधिकृत भएकोमा “पूर्व विद्यार्थी सम्मान” गरिएको थियो । साथै कार्यक्रममा पूर्व विद्यार्थी विदूर कार्कीले रचना गरेको र कक्षा ८ का विद्यार्थीहरुको स्वर रहेको स्कुल गीत पनि विमोचन गरिएको थियो ।

कर्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि लगायत ६ सय १७ अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..