श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ को ३१ औं बार्षिकोत्सव तथा २३ औं साधारण सभा २०८० साल असोज २८ गते सम्पन्न भएको छ ।
यस श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ रविमा २०५० साल फागुन १२ गते सहकारी डिभिजन कार्यालय धुलिखेल काभ्रेमा दर्ता नम्बर १११ म दर्ता भए पश्चात यस संस्थाले तत्कालीन रविओपी गाविस वडा नम्बर १ देखि ५ सम्मका वडाहरु र देवीटार गाविसलाई कार्यक्षेत्र बनाएर मुख्य उद्देश्य दुग्धपदार्थ उत्पादन सङ्कलन तथा बिक्री गर्दै २६ जना सदस्यहरुबाट शुरुवात गर्दै हालसम्म १०४७ जना सदस्यहरुका बीचमा क्रमिक रूपमा सदस्यहरुको हितमा कार्यहरू सञ्चालन गर्दै आएको सहकारीको र्इंतिहास छ ।
३१ औं बार्षिकोत्सवमा प्रमुख अतिथी गोकुल बाँस्कोटाको उपस्थिति रहेको थियो र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु,दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्धव सापकोटा, सहकारी अभियान्ताहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटाले व्रmर्मशिल रविओपीले नेपालमै उदाहरणीय सहकारी संचालन गरेर किसानको आय आर्जन बढाउन भुमिका खेलेको स्पष्ट पार्नुभयो ।
उहाँले अहिलेको गठबन्धन सरकारले नेपाल र नेपालीको हितमा केही गर्न नसकेको प्रमाणित किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य नदिएर भएको उल्लेख गर्नुभयो ।
सोही निर्वाचन क्षेत्रका सांसद बाँस्कोटाले कृषकहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन कृषकहरुलाई अनुरोध गर्नुभयो ।
“राज्य जनतासँग भागेर जनताको समस्याको अपनत्व लिन नसक्ने उहाँले उल्लेख गर्नुभयो । किसानले ऋण गरेर, दश नंग्रा खियाएर विक्री गरेको, पसिना चुहाएको मूल्यको दूधको पैसा खै ? सरकार लुटेरा बनिरहेको छ ।”
साधारण सभामा सहकारीले ६९ हजार लिटर दूध बेच्ने वडा अध्यक्ष अर्जुन न्यौपानेलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको छ ।
साथै संस्थाले १४ जना ६८ बर्ष उमेर पुगेका बृद्ध बृद्धालाई सम्मान,
२०७९ सालको एस ई ई परिक्षामा उत्कृष्ट जि पि ए ल्याउने सामुदायिक र निजी बिधालयका १।१ छात्र र छात्रा गरि ४ जना बिधार्थीलाई समेत सम्मान गरेको छ।
संस्थाका अध्यक्ष चर्तुभज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा संचालक समितिका उपाध्यक्ष निरञ्जन गेलालले संस्थाले गरेको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
१८ जना कर्मचारी रहेको उक्त संस्थाले स्वच्छ दूध सङ्कलन तथा विक्रीका लागि दैनिक बिहान र बेलुका दूध सङ्कलन गर्दै आएको छ भने पशु बिमा कार्य, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रासायनिक मल उपलब्ध गराउँदै आएको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताउनुभयो । तिमल्सिनाले अब बन्ने नयाँ समितिलाई सहकारीको लागी आफ्नो साथ सहयोग सदा रहिरहने समेत बताउनुभयो । सोही अवसरमा सहकारीको मुखपत्र स्मारिकाको विमोचन गरिएको थियो ।
सहकारीले यसै बर्षबाट आफ्नो गाई फार्म समेत संचालन गरेको छ ।उक्त फार्ममा हाल ६० वटा गाई र तिनीहरुको बाच्छी रहेको छ। सहकारीले यस बर्ष मात्रै २५ लाख लिटर दुध उत्पादन तथा संकलन गरेको छ ।
नयाँ संचालक
सहकारीको निर्वाचन कार्यक्रममा विदुर कोइरालाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन भएको छ । जसमा उपाध्यक्ष बच्चुराम न्यौपाने, सचिव दामोदर कोइराला कोषाध्यक्ष वसन्त चौलागाई रहनु भएको छ ।
धावा लामा, विनोद घोरसाईने, पञ्चलाल तामाङ, नबिन अधिकारी, शान्ती दंगाल न्यौपाने, कोमल चौलागाई र बेदप्रसाद बजगाई सदस्यमा निर्वाचित हुनुभयो ।
लेखा सुपरिवेक्षण समितिमा कृष्णबहादुर ढुंगाना संयोजक तथा दुर्गाप्रसाद चौलागाई र रिता तामाङ सर्वसम्मत हुनुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..