नेकपा एकीकृत समाजवादी काभ्रेमा पहिरो जाने क्रम जारी रहेको छ ।

पार्टी जिल्लाको घोषणा भएको केही महिनामा नै अधिकांश नेताहरू पुन एमालेमा नै फर्कन थालेपछि समाजवादी पार्टीको वास्तविक अवस्था उजागर भएको छ । तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए ।

त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफुहरु एमाले मै रहेको घोषणा गरेका थिए ।

काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।

नेकपा एस काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ ।

भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिव सम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन । हाल लामा एमाले प्रदेश कमिटी सदस्यमाको जिम्मेवारीमा रहेकी छिन ।

त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार सम्बादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए । – अपडेट खबर बाट

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो