सबिन गौतम काठमाडौं

आजको दिन अर्थात साउन १ गतेका दिन यस दिन बलेको अगुल्टोलाई घरको चारै दिशामा अर्थात घरको धुरी कटाउने चलन थियो र अहिले पनि छ आफ्नो गाउँ घर बाट अगुल्टो फाल्दा अर्को गाउँको नामै उच्चारण गरी तुत्तो लैजा भन्ने गरिन्थ्यो ।

यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो भने यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो जुन संस्कार साउने सग्रतिको दिन बेलुका लुत्तो फालिन्थ्यो । यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका परम्परा अनुसार भलायो कुकुर दाइनो पानी सरो कुरिलो सिरु अम्बा आरु नस्पती स्याउ पुजा गरि नान्लो ठट्याउने खजेरी बजाउने थाल बजाउने शंख साथै घन्टी बजाउने कार्य गरिन्छ । समाजमा हिलोको कारण देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो । वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो ।

हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुते फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो । यस्ता संस्कारलाई भावी पुस्तासम्म पुर्याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ भने समाजमा यो प्रचलन लोप हुँदै गयको छ ।।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly