सामरी इन्टरनेशनलद्वारा दुई पुस्ताको गौरवपूर्ण उपस्थिति — मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५ को भव्य सफलता समारोहमा विशेष क्षण 

 

नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५”, जुन सामरी इन्टरनेशनलले आयोजना गरेको हो, यसको भव्य सफलता समारोहमा एक ऐतिहासिक दृश्य देख्न सकियो — जहाँ संस्थाका अध्यक्ष भरत सामरी आफ्ना सुपुत्र रियान सामरीसँगै उपस्थित थिए।

बिज्ञापन

उस्तै पोशाक र उस्तै व्यक्तित्वमा सुसज्जित बुबा–छोराको उपस्थिति मात्र होइन, त्यो क्षण आफैंमा एउटा सन्देश थियो — “दुई पुस्ता, एउटै सपना र निरन्तरता एउटै विरासतको।”

यो दृश्यले सामरी इन्टरनेशनलको यात्रालाई अझ विशेष बनायो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा, सौन्दर्य र आत्मविश्वासलाई विश्व मञ्चमा चिनाउने कार्यमा अग्रसर रहँदै आएको छ।

भरत सामरीले बताए, “यो केवल एउटा कार्यक्रमको सफलता होइन, हाम्रो टीम, हाम्रो सपना र नयाँ पुस्ताको प्रेरणाको प्रतिक हो।”
त्यस्तै, रियान सामरीले पनि आफ्नो बुबाको साथमा उभिन पाउँदा गर्व महसुस भएको बताएका छन्।

दुई सामरी, एउटै लक्ष्य — नेपाली प्रतिभाको सम्मान र विश्वसम्म पुर्‍याउने हाम्रो यात्रा निरन्तर रहोस्।