ढुंखर्क/हातेमालो युवा समाजले काभ्रेको बेथानचोकमा १७ औं गणतन्त्र दिवस कार्यक्रम मनाएको छ । हातेमालो युवा समाजद्वारा संचालित हातेमालो सामुदायिक पुस्तकालयमा चियापान तथा पुस्तकालयलाई समुदायसंग जोड्न सकिन्छ र पुस्तकालयका आगमी कार्यदिशा सम्बन्धी छलफलका साथै हातेमालोको कार्यालयदेखी चारदोबाटोसम्म प्रभातफेरी सहति चारदोबाटोमा दिप प्रज्वलन गरी १७ औं गणतन्त्र दिवस मनाईएको हो ।

ढुंखर्क चारदोबाटोमा दिप प्रज्वलन कार्यक्रममा गणतन्त्र प्राप्तीका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता भएको बताउनु भयो । उहाँले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको उल्लेख गर्नुभयो । उहाँले गणतान्त्रिक जीवनशैली विकास भएको र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेकोले अबको बाटो विकास भएको बताउनु भयो ।

यस्तै हातेमालो सामुदायिक पुस्तकालयमा आयोजित पुस्तकालयलाई समुदायसंग जोड्न सकिन्छ भन्ने छलफल कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले हातेमालो युवा समाजले पछिल्लो समयमा प्रशंसनिय कार्य गर्दै आएको र पुस्तकालय संचालन तथा ब्यवस्थापनका लागि आफ्नो तर्फबाट साथ सहयोग रहनुका साथै पुस्तकालयलाई गाउँपालिकाको बजेटमा समेत समेट्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

२ नं वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बेथानचोकमा पुस्तकालयको आवश्यकता रहेको र दिगो संचालनका लागि आवश्यक स्रोत साधनहरुको ब्यवस्थापनका लागि जनप्रतिनिधहरुको जिम्मेवारी र भूमिका रहेको बताउनु भयो । बालबालिकाहरुको मोबाईलको लत छुटाउनुका पुस्तकालय एउटा माध्यम हुन सक्ने भएकाले शिक्षक, अभिभावक र युवाहरु समेत पुस्तकालयमा आएर पढ्ने वातावरणको निर्मा गर्नु पर्नेमा जोड दिनु भयो । छलफल कार्यक्रममा पार्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले लग्जम्बर्ग र जापानबाट सिकेका ज्ञान र अनुभव शेयर गर्न भयो ।

हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिनाले समुदायमा पठन संस्कृतिको विकास गर्न हातेमालो युवा समाजले पुस्तकालयलाई सूचना प्रविधिसंग जाडेर संचालन गर्न लागिएकाले फुसर्दको समयमा अभिभावकहरुले पुस्तकालयमा आएर अध्ययन गरेमा मात्र बालबालिकाहरुले पढ्ने संस्कार सिक्ने भएकाले समुदायलाई पुस्तकालयसंग जोडिनका लागि आग्रह गर्नु भयो ।

हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिना, को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना। पूर्व अध्यक्ष प्रेम बहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका २ नं वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ५ नं वडा अध्यक्ष कृष्ण बहादुर पाख्रिन, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका उपध्यक्ष रामहरी शर्मा तिमल्सिना, बेथानचोक गाँउपालिकाका प्रेस संयोजक शुभराज अधिकारी, पार्वती बहुमुखी क्याम्पसका अध्यक्ष विनोद तिमल्सिना, क्याम्पस प्रमुख राजेश तिमल्सिना लगायत जनप्रतिनिधि, स्थानीय संघ संस्थाका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….