काभ्रेपलान्चोक – ढुंखर्क च्याम्राङबेशी प्रहरी चाैकी बेथानचाेकले मास्क खै अभियान शुरु गरेको छ ।

सरकारले गत शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै काभ्रेपलान्चोक जिल्ला बेथानचाेक गाउँपालिकामा पनि मास्क अभियान शुरु गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको हो । अभियानमा मास्क लगाउनुको महत्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ ।

बेथानचाेक पालिका र वडा नं २का जनप्रतिनिधि काे समन्वयमा माक्स खै त अभियानमा गेल्डुङ्ग बजारमा ४५० पिस भन्दा बढी माक्स सर्वसाधारणलाई वितरण गरिएकाे थियाे ।अभियान सफल बनाउन वडा नं २ का वडा सदस्य नवराज केसिले माक्सकाे व्यवस्था गरेका थिए।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र