


काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी अझैसम्म आफ्ना परिवारसँग भेट हुन सकेका छैनन्।
बिज्ञापन


समाजसेवी तथा सामाजिक अभियान्ता अर्जुन भुसालले केही महिनादेखि निरन्तर उनका परिवारको खोजी गरिरहेका छन्। उनले दिनरात नभनी प्रयास गरे पनि बस्नेतको परिवारको ठेगाना अझै पत्ता लागेको छैन।

भुसालले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा कृष्ण बस्नेतले आफ्नो पीडा पोख्दै भनेका छन्, “यदि मैले नागरिकता पाएको भए, मेरो जीवन फरक हुन्थ्यो। अब त परिवार भेट्ने आश पनि हराउँदैछ।”
आफ्नो पहिचान र नागरिकताको अधिकार नपाएर परिवारदेखि टाढा रहनुपरेको दुखेसो सुनाउँछन् बस्नेत। उनको कथा राज्यको बेवास्ता र नागरिकताको अभावले कसरी एउटा जीवनलाई पीडामय बनाउँछ भन्ने कठोर यथार्थ हो।


