पाँचपोखरी पदयात्रामा एकै यात्रामा दुई ऋतुको अनुभव

 

सिन्धुपाल्चोक — पाँचपोखरी पदयात्रा सकेर फर्केकी पदयात्री रामेश्वरी मानन्धरले आफ्नो यात्राको अनौठो अनुभव साझा गरेकी छन्। उनले हिउँ पर्नु अघि र पछि पाँचपोखरीले आफूहरूलाई एउटै यात्रामा दुई फरक दृश्यहरूको उपहार दिएको बताएकी छन्।

बिज्ञापन

मानन्धरका अनुसार यात्राको सुरुवातमा सफा आकाश, शान्त ताल र रमाइला पदयात्रीहरूले वातावरण मनमोहक बनाएका थिए। तर रातारात परेको हिउँपछि त्यही दृश्य पूर्ण रूपमा बदलियो। “सबै बाटो र चुचुरो सेताम्मे बने, एउटै ठाउँ तर पूरै नयाँ संसारजस्तो लाग्यो,” उनले भनिन्।

उनका अनुसार एउटै पदयात्रामा दुवै ऋतुका रूप देख्न पाउनु निकै भाग्यको कुरा हो। “उत्कृष्ट दिनका सर्वोत्कृष्ट सम्झनासहित प्रकृतिको जादुमय रूपले हाम्रो मन जित्यो,” मानन्धरले भनिन्।

पाँचपोखरी क्षेत्र पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनका लागि लोकप्रिय गन्तव्य बन्दै आएको छ।