


काभ्रे — ठूलो एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवसरमा काभ्रेको भुम्लु गाउँपालिका–१, सापिङस्थित मुल्खर्क भिम्शेस्थानमा आज भक्तजनहरूको ठूलो भीडसहित मेला लागेको छ।


प्रत्येक वर्षझैँ यस वर्ष पनि भिम्शेस्थानमा बिहानैदेखि दर्शन तथा पूजापाठका लागि स्थानीय तथा बाहिरी क्षेत्रबाट आउने भक्तजनहरूको चहलपहल बढेको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस स्थलमा एकादशीको दिन विशेष पूजा, भजन–कीर्तन तथा विभिन्न धार्मिक क्रियाकलाप गरिने परम्परा रहिआएको छ।

स्थानीयवासीका अनुसार मेला पालैपालो वर्ष थप भव्य बन्दै गएको छ। भक्तजनले एकादशीको व्रत बसेर विष्णु भगवानको आराधना गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
मेला स्थलमा स्थानीयले सुरक्षा, पानी तथा सरसफाइको व्यवस्था मिलाएको जनाएका छन्। भक्तजनले शान्त वातावरणमा पूजा–दर्शन गर्न पाएको भन्दै सन्तोष व्यक्त गरेका छन्।


