


काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल र निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन्।
बिज्ञापन


आयोगमा रासस व्यवस्थापन तथा पत्रकारहरूसँगको छलफलमा उनले विशेष परिस्थितिमा हुन लागको निर्वाचनबारे नागरिकलाई सही सूचना पहुँच गराउन आग्रह गरे। विकट क्षेत्रका मतदातासम्म निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रभावकारी रूपमा जानकारी दिन राससले अग्रसर भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

छलफलमा आयुक्तहरू, सचिव महादेव पन्थसहित आयोग र राससबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो। राससका महाप्रबन्धक सन्दीप राईले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न रासस लगातार सक्रिय रहँदै आएको बताए।


