भक्तपुर, हिसान भक्तपुरले नेशनल प्याब्सनका विद्यार्थीहरुलाई वार्षिक बुल्क ५० प्रतिशत छेट दिने भएको छ ।
एक कार्यक्रमकाबीच हालै नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने लगायत विभिन्न विषय उल्लेख गरिएको छ । सम्झौता पत्रमा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष्ँ संजय खड्का र हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेशनल प्याव्सन र हिसानमा आवद्ध विद्यालयहरुबीच सदैव सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष खड्काले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउँदै यहाँका कक्षा ११ र १२ का लागि विद्यार्थी र अभिभावकहरुको अपेक्षा अनुरुप सुविधा सहितको युग सुहाउँदो कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । खड्काले भन्नुभयो, “हामी कक्षा ११ मा भर्ना गर्ने बेलामा मात्र होइन पूर्व प्राथमिक तह देखि कक्षा ९ सम्मका कुनै विद्यार्थी नेशनल प्याव्सनका विद्यालयबाट आउँछ भने हिसानका प्लस टू ले उक्त विद्यालयसँग समन्वय गरोस भन्ने चाहन्छौं । यसले मात्र हामीबीच स्वस्थ प्रतिष्पर्धा र एक आपसमा सहयोगी भावनाको विकास गराउँछ ।” उहाँले सम्झौतालाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने सुझाव समेत दिनुभयो । उहाँले पत्रकारिताको माध्यमबाट पनि भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पत्रकारहरुले पनि सहयोग गर्नुपर्ने धारणा राख्दै त्यसका लागि नेशनल प्याव्सन र हिसानले समेत संस्थागत रुपमा सहकार्य गर्न तयार रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले जिल्लामै उत्कृष्ट दश जोड दुई विद्यालय हुँदाहुँदैं जानेर वा नजानेर भक्तपुर बाहिर पढ्न गइरहेको भन्दै दुःखेसो पोख्नुभयो । कसपालले थप्नुभयो, “एक चोटी विद्यार्थीहरु भक्तपुरको दश जोड दुई कक्षा पढाई हुने विद्यालय र कलेजमा प्रवेश गरेर यहाँको कक्षा कोठा हेरोस, भौतिक पूर्वाधार र अन्य खेल मैदानदेखी लिएर अन्य अतिरिक्त क्रियाकलापहरु बुझोस, शिक्षक कर्मचारीकहरुको योग्यता र क्षमताको बारेमा बुझोस । यहाँको पढाईको नतिजाको बारेमा बुझोस । सबैभन्दा ठूलो विद्यार्थीहरुको आनीबानी र संस्कारहरुको बारेमा बुझोस । यति कुरा बुझ्ने हो भने यहाँका विद्यालयहरु काठमाण्डौं र ललितपुरका नाम चलेका र ठूला भनिएका विद्यालय भन्दा कयौं गुणा उत्कृष्ट विद्यालय भक्तपुरमा छन् ।”

सम्झौता अनुसार हिसान भक्तपुर आवद्ध जनप्रेमी वल्र्ड कौशलटार, सिवर्ड कलेज थिमि, एसएस कलेज थिमि, सुप्रिम एकेडेमी कमेरोटार, सूर्यदिप ईङ्गलिस स्कुल सल्लाघारी, एरुडाईट एकेडेमी लोहकन्थली, विनायक शिक्षा निकेतन थिमि, काठमाण्डौं वल्र्ड स्कुल गुण्डु, भक्तपुर ईङ्गलिस सेकेण्डरी स्कुल गठ्ठाघर, अक्सफोर्ड प्राक्टिकल सेकेण्डरी स्कुल सल्लाघारी, भक्तपुर निष्ट लोहकन्थली र मोर्डन कलेज सल्लाघारी गरी १२ वटा दश जोड दुई कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुले नेशनल प्याव्सनमा आवद्ध विद्यालयबाट एसईई उत्तिर्ण विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिईने जनाइएको छ । यसैगरी विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीले एसईईमा पाएको ग्रेड, उसको क्षमता र प्रवेश परिक्षाको नतिजाको आधारमा पनि विद्यार्थीले थप छुट लगायत छात्रवृत्ति पाउने सम्झौतामा उल्लेख छ ।
दुई संस्थाले अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरुको सीप अभिबृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने र भक्तपुरका विद्यार्थीहरुलाई भक्तपुर मै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सहमती समेत भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly