काभ्रेपलान्चोक – कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणी पौडेलले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो । त्यस्तै, फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाउनुभएको छ भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले प्राप्त गर्नुभएको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो कमेडी च्याम्पियन उपाधी विजेता पौडेलले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नुभएको छ । त्यसैगरी फस्ट रनरअप अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल र सेकेन्ड रनरअप थापाले स्कुटर पुरस्कार स्वरुप प्राप्त गर्नुभएको छ ।ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । मदनकृष्ण र हरिवंशले विजेता घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..