काभ्रे – जिल्लाको भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन् । गाउपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित गरेका छन् ।
मंगलवार पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बजेट प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको हो ।
गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ ल्याएको छ । जस अन्तर्गत कृषिमा ३ करोड ४३ लाख ७० हजार, पशु सेवामा २ करोड २० लाख ७० हजार, शिक्षामा ४ करोड ७२ लाख ८७ हजार ५ सय १५, पूर्वाधार विकासमा ११ करोड ८० लाख, स्वास्थ्यमा ३ करोड ७२ लाख ८७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा २१ करोड ७३ लाख ३९ हजार ३ सय, वडा कार्यालय तर्फ १४ करोड ९१ लाख ८० हजार, संघीय ससर्त चालु तर्फ २० करोड २९ लाख, संघीय शसर्त पुँजिगत १ करोड २ लाख, प्रदेश सशर्त चालुमा २ करोड ५५ लाख ९२ हजार, प्रदेश बिशेष अनुदान अन्र्तगत आयोजनामा एक करोड ५ लाख र प्रदेश समपुरक अनुदान अन्र्तगतका आयोजना २ करोड ५० लाख रहेको छ ।