काभ्रेपलान्चोक – वोमेन एक्ट र पौरखी नेपालको संयुक्त्त आयोजनामा “नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धि नीतिहरुका विषयमा छलफल कार्यक्रम” सम्पन्न गरेको छ , उक्त्त कार्यक्रममा नेपालमा लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र खरिद सम्बन्धि नीतिहरु कति प्रभावकारी छन् र नेपालमा भएका बिबिध बिपन्न वर्गलाई कस्तो सामाजिक सेवा/भत्ता उपलब्ध गराइएको छ सो सेवा सबै वर्ग क्षेत्र संग पुगेका छन् कि छैनन् इनै विषयमा छलफल गरिएको थियो ।

बरिस्ट समाजसेवी तथा वुमन एक्ट संस्थाकी कार्यकारी अध्यक्ष सृजना अधिकारिको सभापतित्तोमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि रास्ट्रीय योजना आयोगका माननीय सदस्य डा. रामकुमार फुयाल हुनुहुन्थ्यो भने, रास्ट्रीय योजना आयोगकी पुर्व सदस्य तथा महिला अधिकार विज्ञ डा. उषा झा तेसैगरी नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुनी अधिकृत श्री प्रसंशा अधिकारि हुनुहुन्थ्यो ।

विभिन्न संग संस्था तथा पत्रकार गरि सयौ उपस्थिति रहेको सो कार्यक्रम एल्लो प्यागोडा होटलमा गरियको थियो भने कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामाजिक सुरक्षामा परेको असर्र र समाधानका विकल्पका बारेमा सुझाव दिएका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly