४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

# ४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, माघ ०१, २०८२
४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

नेकपा एमालेले ४ माघमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिए ।

‘४ माघमा १२ बजे भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं र त्यो र्‍याली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सभामा परिणत हुनेछ,’ उनले भने, ‘एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सभालाई सम्बोधन गर्नुहुनेछ ।’

बिज्ञापन

सचिव बस्नेतले एमाले चुनावमा होमियो भन्ने सन्देश दिन भव्य र सभ्य र्‍याली गर्ने बताए ।भर्खरै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय समितिमा एक तिहाइ नयाँ अनुहार, १३ प्रतिशत ४० मुनिका युवा र एक तिहाइ ५० मुनिका युवा समेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up