काभ्रेः काभ्रेका २३ वर्षीय पुजन बानियाँ पाँच दिनदेखि बेपत्ता भएका छन् ।  यहि फागुन ५ गते देखि  घरबाटै उनी सम्पर्कविहीन भएका हुन् ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका बानियाँ  एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र  केहि कपडा झोलामा बोकेर गएको उनको कोठा हेर्दा  थाहा भएको र छिमेकीले देखेको बानियाँको दिदि पुजा बानियाँले  बताइन ।

उनको मोबाइल अहिले अफ रहेको छ । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन अनुरोध गरेका छन् ।

आफन्तजनहरुले भेटाउन नसकेपछि हुलियासहित खोजबिनका लागि प्रहरीमा अनुरोध गरेको उनको दिदि पुजाले बताइन । उनलाई  देख्नेले ९८४९०१३४९४ सम्पर्क गरिदिन वा नजिकैको प्रहारी कार्यालयमा  सम्पर्क गरिदिन  उनको परिवारले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..