


काठमाडौं — गायिका कला लम्साल श्रीमानसँग सम्बन्धविच्छेदपछि एकल आमाको रूपमा छोरी कोहिनुरको पालनपोषणमा सक्रिय छिन्। हालै उनले छोरीको १२औँ जन्मदिन मनाउँदै सामाजिक सञ्जालमा मायालु तस्बिर र भावनात्मक सन्देश सेयर गरेकी छन्।
बिज्ञापन


अन्तर्वार्तामा कलाले एक वर्षअघि सम्बन्धविच्छेद भएको जानकारी दिँदै, वैवाहिक जीवन टिकाउन धेरै प्रयास गरे पनि असफल भएको स्वीकारेकी छन्। उनले परिवारलाई जोगाउने क्रममा केही समयका लागि संगीतबाट टाढा भएको पनि बताइन्।

आजकल कला छोरीको उज्यालो भविष्य सुनिश्चित गर्न र संगीतमा पुनः सक्रिय हुन लागि परेकी छिन्। उनका पछिल्लो गीत ‘आन्टी लभर’ युवापुस्तामा निकै लोकप्रिय बनेको छ।


