काठमाडौं विश्वविद्यालय प्रशासनमा अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले लगाएको तालाबन्दी अझै पनि खुल्न सकेको छैन । गत ४ गते लगाएको ताला ४ दिन बितिसक्दा पनि खुल्न नसकेको हो ।

अनेरास्ववियुले विश्वविद्यालयलाई सुदृढ, समुन्नत, र विद्यार्थी मैत्री बनाउन विज्ञान प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालयमा नविनतम जर्नल, ई-पुस्तक देखि पुस्तकहरु, महिला, अपाङ्ग र यौनिक अल्पसङ्ख्यक मैत्री विश्वविद्यालय, विश्वविद्यालयका खेलाडीहरुलाई हरेक खेलको भत्ता र जेहनदार तथा गरीब खेलाडिहरुलाई छात्रावृत्तिका साथै प्रथम वर्ष दोहोर्‍याउने विद्यार्थीलाई भर्नाको नाममा लिईएको अतिरिक्त शुल्क खरेजी सहित ११ बुँदे मागपत्र गत बैशाख ३१ गते बुझाएको थियो ।

उक्त मागहरु उपर छलफलका लागि अनेरास्ववियुले जेठ ३ गते विश्वविद्यालयका स्कुल अफ ईन्जिनियरिङका डीन प्रा. डा. मनिष पोख्रेलको संयोजकत्व रहेको टोलीसँग वार्ता बसेको थियो । सहमतिमा पुग्न लागेको वार्ता भएपनि जेठ ४ मा रजिष्ट्रारसँग वार्ता निर्धारण गरिएको थियो तर वार्तामा आएर रजिष्ट्रार अच्युत वाग्लेले अनेरास्ववियुलाई अस्तित्वको लडाइँ नगर्न र सानातिना मुद्दाहरु लिएर नआउन भनेर वार्ता भंग गरेपछि अवस्था तनाबग्रस्त भएको थियो। त्यसपछि विद्यार्थीका जायज मागहरु सम्बोधन नगर्ने गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै अनेरास्ववियुले विश्वविद्यालय प्रशासनमा तालाबन्दी गरेको थियो ।

तालाबन्दी गरेकै दिन उपकूलपति प्रा . डा भाेला थापाकाे अनुराेधमा अनेरास्ववियुले प्रशासनसँग ५ घण्टे लामाे वार्ता बसेकाे थियाे । तर माैखिक रुपमा सबै माग पुरा गरिदिने भन्ने उपकुलपतिकाे लिखित प्रतिबद्दता नआएपछि विगतकाे नजिरलाई हेर्दै सम्झाैता भएकाेथिएन ।

आज भन्दा आठ महिना पहिले अनेरास्ववियुले १७ बुँदा माग बुझाएका थियाे र सम्झौता पनि २०७९-०४-१३ गते भएको थियो । त्यसमा शैक्षिक क्यालेण्डरलाई प्रभावकारीताका साथ कार्यान्वयन गर्नुपर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका पहिचानलाई सम्बोधन गर्नु पर्ने, संविधानमा उल्लेखित समावेशिता र धर्म निरपेक्षताको सिद्धान्त विश्वविद्यालयले लागु गर्नु पर्ने, अन्तरक्रियात्मक कक्षाकोठाका लागि शिक्षकहरुले डर र त्रासको सृजना गर्न नपाउने, प्रयोशालामा आवश्यक सामग्री जुटाउन पर्ने जस्ता संवेदनशील विषयवस्तुहरु थिए तर ती कुनै कार्यान्वयनमा आएनन् । ती सबै मागहरु र अहिलेका ११ बुँदे माग सबै पुरा नगरेसम्म आन्दाेलन नराेकिने विद्यार्थीहरुले वताए ।

अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटी सचिव विवेक गुरुङले अनेरास्ववियु कुनै प्रलाेभन र कसैकाे दबाबमा काम गर्ने संगठन नरहेकाे बताए । ‘ विश्वविद्यालयका पदाधिकारीहरु अहिले हामीलाई विभिन्न प्रलाेभनहरु देखाइ रहेका छन् तर विद्यार्थी आन्दाेलन भित्रकाे चरम अवसरवादी जत्था र हामीलाई एउटै दृष्टिकाेणले हेर्नु नै उहाँहरुकाे सबैभन्दा ठुलाे भ्रम हाे। हामी मार्क्सलाई आदर्श मान्ने विद्यार्थी हाैँ , नीजि सम्पत्तिकाे र स्वामित्वकाे प्रलाेभनमा फस्ने कसैले नसाेचे हुन्छ । तर्क र तथ्यहरुलाई भावनाका न्यानाे अङगालाेले निल्न खाेज्ने पदाधिकारीहरुलाई समयमै सुध्रिन अनुराेध गर्दछु’ उनले भने ।

त्यस्तै अनेरास्ववियु काठमाडौं केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष सुदिन अधिकारीले न्यायकाे पक्षमा आवाज उठाउँादा कसैकाे दवाव र प्रभावमा नपर्ने बताए। ‘अर्थशास्त्रमात्रै रटेर र टेलिभिजनमा प्रवचन दिएर विश्वविद्यालय चल्दैन । पूँजीवादी चस्माले हरेक कुरालाई बिकाउ देख्छ तर जब त्यो चस्मा ईमानदरीतासँग टकराब हुन्छ तब जुनसुकै चस्मा पनि चक्नाचुर हुन्छ । त्यसैले कसैकाे प्रभाव र दबाब भन्दा हाम्रा मागहरु सम्बाेधन भए हाम्राे आन्दाेलन अहिले र आज नै सकिने छ’ । उनले भने ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..