विराटनगरमा प्लास्टिक उद्योगमा आगलागी, दमकलद्वारा नियन्त्रणमा

# विराटनगरमा प्लास्टिक उद्योगमा आगलागी, दमकलद्वारा नियन्त्रणमा
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर ०९, २०८२
विराटनगरमा प्लास्टिक उद्योगमा आगलागी, दमकलद्वारा नियन्त्रणमा

विराटनगर – विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योगमा आज बिहान आगलागी भएको छ । प्रहरीका अनुसार आगो प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण स्थानबाट करिब सवा ९ बजे सुरु भएको थियो र करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाका दुई दमकलसहित दुहबी, सुन्दरहरैचा, र बेलबारी नगरपालिकाका दमकल समेत प्रयोग गरिएको थियो । हालसम्म आगलागीको कारण खुलेको छैन र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up