काभ्रेपलान्चोक – बनेपा भलिबल प्रशिक्षणकाे केन्द्रकाे आयोजनामा तिन महिने महिला भलिबल प्रशिक्षण शुरु भएको छ। बनेपा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तथा प्रमुख प्रशिक्षक प्रज्ञा नकर्मि सभापतित्वमा प्रशिक्षण सुरु भएको हो।

बनेपा लायकु चौरमा उक्त प्रशिक्षण कार्यक्रम शुरु भएको र प्रशिक्षणमा ३२ महिलाहरुको सहभागिता रहेको बनेपा भलिबल प्रशिक्षण केन्द्रका सचिब विक्रम प्रजापतिले बताउनुभयो। प्रशिक्षणको शुरुवात बनेपा नगरपालिकाको उप-प्रमुख बिमला सापकोटा दाहालले अध्यक्ष तथा प्रमुख प्रशिक्षक प्रज्ञा नकर्मि र सचिव विक्रम प्रजापतिलाई बल हस्तान्तरण गरि शुरुवात गरिएको थियो।

उप-प्रमुख सापकोटाले नगरका युवतीहरुको चाहाना अनुसार उक्त प्रशिक्षण दिन लागिएको बताउनु भयो। खेलले मानिसहरूलाई स्वास्थ र अनुशासित, आत्मरक्षाका लागि समेत आवश्यक भएकाले सबै युवतीहरुले अनिवार्य रुपमा कुनै पनि खेल खेल्न सुझाव दिनुभयो।

नगरले सबै संघ संस्था मार्फत नगरका युवतीहरुलाई प्रशिक्षित गर्नका लागि सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रंजितकार, बनेपा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, लायकु क्लबका पदाधिकारी लगायत युवायुवतीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly