सरोज सापकोटा
वाल्टिङ्ग/काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्लो समय समुदायको विभिन्न कामहरुमा साझेदारीका कामहरुको थालनी गरेको छ । एशियालि स्तरको एक्सेस सिल्भर ब्रान्ड प्राप्त गर्न सफल यस संस्थाले सेवा ग्राहरुहरु सँग प्रत्यक्ष जोडिनका लागि समुदाय स्तरमै पुगेर बिभिन्न कामहरुमा साझेदारी सुरु गरेको हो । पछिल्लो समय सहकारीले किसान २ परियोजना र सामुदायिक सहकारिको सहकार्यमा विभिन्न्न तालिम तथा प्रदर्शनिका कार्यक्रमहरु संचालन गरिरहेको छ । यस अन्र्तगत तरकारी खेती तालिम, आइ पि एम पद्धतिबाट रोग तथा किरा नियन्त्रणको तालिम, बाख्रामा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रणको तालिम, बेमौसमी तरकारी खेती प्रदर्शनी , गोल्भेडा खेतिका लागि प्लाष्टिक घर र थोपा सिँचाइ प्रयोगको प्रदर्शनी, लगायतका अन्य विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन भइरहेको सहकारीका कार्यक्रम अधिकृत सबिना भट्टराईले जानकारी दिइन् ।
संस्थाको कार्यक्षेत्र भित्र ब्यबसायको विस्तार तथा विकास गर्ने उदेश्यका साथ स्थापना गरिएको ब्यबसाय विकास विभाग अन्तर्गत सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र विनरक इन्टरनेशनलको संयुक्त सहकार्यमा किसान २ अर्थात नोलेज बेस इन्ट्रिग्रेटेट सस्टेनेबल एग्रीकल्चर इन नेपाल अर्थात ज्ञानमा आधारित एकिकृत दिगो कृषी परियोजना नेपाल (किसान २) कार्यक्रम अहिले जिल्लाको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, पाँचखाल नगरपालिकामा १५ सय घरधुरी किसानहरुलाई तरकारी खेती र मकै खेती साथै तेमाल गाउँपालिका र रोशी गाउँपालिका भित्र तोकिएको ५ सय घरधुरीका किसान लाई बाख्रा पालनका लागि कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ । यसै कार्यक्रम अन्र्तगत रोशी गाउँपालिका १०, वाल्टिङमा संस्थाले शुक्रबार एकदिने बाख्राको स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा २०० भन्दा बढी बाख्राहरुलाई विभिन्न रोग विरुद्धका भ्याक्सिनहरु लगाइनुका साथै अरु औषधिहरु रोग अनुसार वितरण गरिएको थियो ।
संस्थाले संचालन गरेको शिविरमा रोशी गाउँपालिका १०, वाल्टिङ्गका वडा अध्यक्ष दुधराज तामाङ, जिल्ला पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ डाक्टर राम परिक्षण शाह र नितिश कार्की तथा किसान २ परियोजनाका क्षेत्र संयोजक मुक्ती देवकोटा, सामुदायिक वचत तथा ऋण सहकारि संस्था लिमिटेडका तर्फ बाट कार्यक्रम अधिकृत सविना भट्टराई र संस्थाका उद्घव घिमिरे लगायत किसानहरुको उल्लेख्य उपस्थितीमा कार्यक्रम सन्चालन गरिएको थियो ।
अन्य स्थानिय तहमा पनि क्रमै संग कार्यक्रम संचालन गर्न लागेको संस्थाले विगत २७ वर्षदेखि सेवा प्रदान गर्दै आएको संस्थाकि कार्यक्रम अधिकृत सविना भट्टराईले जानकारी दिइन् । संस्थाको हालको कार्यक्षेत्र काठमाडौं , भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानिय तहहरु रहेको छ । अन्य क्षेत्रहरु मध्ये काभ्रेपलाञ्चोक जिल्ला भित्र दिगो, प्रतिस्पर्धि र भरपर्दो सहकारी वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । २०५१ सालमा ४१ जना शेयर सदस्यबाट कार्य शुरु गरेको संस्थामा हाल ३१,२७३ सदस्य भएका छन् । संस्थाले शुरुवातीको कुल पुँजी रु ३२,५०० बाट हाल ३ अर्ब ३ करोड वृद्धि गर्न सफल भएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..