
९ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले)ले पार्टीको ११औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनौटका विषयमा केही प्रक्रिया स्पष्ट पार्दै सोही बमोजिम गर्न÷गराउन निर्देश गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय संगठन विभागको हिजो अबेरगरी बसेको भर्चुअल बैठकबाट निम्न लिखित विषयमा निर्देश गर्ने निष्कर्ष निकालिएको हो ।
बैठकका निस्कर्षहरू–
१) निर्वाचन प्रक्रियामा प्रवेश गर्नुपूर्व केन्द्रीय कमिटीको परिपत्र अनुसार आ–आफ्नो निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरूपमा प्रकाशन गर्ने ।
२) कायम भएको अन्तिम मतदाता सूचिको सङ्ख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउने ।
३) निर्वाचन प्रक्रियामै गएर प्रतिनिधि छनौट गर्ने । मङ्सिर १२ गते साँझसम्म सहमति बनाउन हदैसम्म प्रयास गर्ने । सहमति नभए मतदानबाटै अनिवार्यरूपमा मङ्सिर १३ गते टुङ्ग्याउनैपर्ने ।
४) प्रतिनिधिको आवेदन दिन बढीमा रु. एक हजारसम्म तोक्नसकिने ।
५) व्यवस्थापन र सहजीकरणको जिम्मेवारी तोकिएका सबै कमरेडहरूले समय छँदै आ–आफ्नो भूमिका निर्वाह गर्ने ।







