
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। सचिवालयको ६० औं बैठकमै आफू अध्यक्षका लागि योग्य रहेको र सहयोग अपेक्षा गरेको उनले स्मरण गराएका छन्।


मंगलबार जारी विज्ञप्तिमा पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रका मान्यताअनुसार नेतृत्व हस्तान्तरणमा अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यसअघि नवौं महाधिवेशनमा माधवकुमार नेपाल र दसौंमा भीम रावल अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।
बिज्ञापन





