काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् ।

प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बने ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनर अप, रिदयम थापा सेकेन्ड रनर अप बन्दा सिनियर ब्वाईतर्फ दक्ष तनवर फस्ट रनर अप र आदी चौधरी सेकेन्ड रनर अप भए ।

त्यस्तै प्रतियोगितामा सिनियर गर्ल तर्फ वियन्सा गुप्ता फष्ट रनर अफ, जयना थापा सेकेन्ड रनर अप, भियना पौडेल थर्ड रनर अप र देवान्सी आर एल शाह फोर्थ रनर अप चुनिदा जुनयर गर्ल तर्फ सुहानी श्रेष्ठ फष्टरनर अप, निरोसा प्रधान सेकेन्ड रनरअप, सर्हषा टंडन थर्ड रनर अप र श्रीनिती पराजुली फोर्थ रनर अफ बन्न सफल भए ।

विभिन्न तामझामसहित आयोजित कार्यक्रम बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुनियरमा २९, सिनियरमा २३ गरेर ५२ केटाकेटी प्रतियोगीताको फाइलनमा रहेका थिए ।

नीलिमा मास्के श्रेष्ठ (संस्थापक/निर्देशक–ब्यूटिफुल माइन्ड्स प्रि स्कूल), मनिषा मुखिया (ईसीए र अंग्रेजी विभाग हेड ड्याफोडिल बोर्डिङ स्कूल), नैना चन्द ( प्राइमरी स्कुल कोअडिनेटर –काठमाडौं वल्र्ड स्कूल) अदिता मल्ल – एसोसिएट अफिसर, डिजिटल मार्केटिङ र कन्टेन्ट क्रिएसन (एस स्कूल), आशिष थापा (चिफ अपरेसन अफिसरन –जेभियर इन्टरनेशनल स्कूल) शिरीष रत्न तुलाधर (ब्रान्डिङ र पार्टनरशिप हेड (सीजी लर्निङ), सन्तोष चापागाईं (ईसीए कोअडिनेटर –भ्याली भ्यू स्कूल), सम्झना ढकाल शर्मा (डिपार्टमेन्ट हेड सोशियल साइन्स –मिल्सबेरी स्कूल) लगायत निर्णायक प्रतियोगितामा रहेका थिए ।

७ वर्षदेखि १३ वर्षसम्मका अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैँले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

एडभान्स ओरल डेन्टल हस्पितल मुख्य प्रयोजक रहेको प्रतियोगीताका सबै विजेताले उपाधिको साथमा बिभिन्न नगद। गिफ्ट र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् ।

प्रतियोगितामा गिफ्टको ब्यवस्था रियल जुस, हर्लिक र डाइसुकेले प्रायोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly