प्रधानमन्त्री कार्की: ‘गरिबी हटाएपछि मात्र महिला हिंसा अन्त्य हुन सक्छ’

# प्रधानमन्त्री कार्की: ‘गरिबी हटाएपछि मात्र महिला हिंसा अन्त्य हुन सक्छ’
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर ०९, २०८२
प्रधानमन्त्री कार्की: ‘गरिबी हटाएपछि मात्र महिला हिंसा अन्त्य हुन सक्छ’

काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा उन्मूलन सम्भव नहुने टिप्पणी गरेकी छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै उनले महिला हिंसाको मूल कारण नै आर्थिक अभाव भएको बताइन्।

उनका अनुसार, गरिबी कायम रहेसम्म समानता स्थापित नहुने र परिवारभित्र समेत असमानता बढ्ने कुरा स्पष्ट छ। उनले भनिन्, “गरिबी छ भने समानता कसरी हुन्छ? पहिलो काम गरिबी हटाउनु हो। रोजगारी सिर्जना गर्नुपर्छ, महिलाले पनि काम गर्न पाउनुपर्छ। त्यसपछि मात्र हिंसा अन्त्यतर्फ अघि बढ्न सक्छ।”

बिज्ञापन

प्रधानमन्त्री कार्कीले मुलुकमा बेरोजगारीको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै रोजगारीको खोजीमा महिलाहरू विदेशिनुपर्नु परेको बताए। विदेशमा रोजगारीका लागि जाने धेरै महिला विभिन्न प्रकारका हिंसा र शोषणको सिकार बन्न बाध्य भएको बताउँदै उनले यस्तो अवस्था अन्त्य गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up