काभ्रेपलाञ्चोक – गीतकार लोकराज अधिकारी दुई दशक भन्दा बढी समय देखि नेपाली गीत गजल लेखनमा सकृय लोकप्रिय गीतकार हुन । उनले लेखेका झण्डै दस दर्जन बढी गीत गजल रेकर्ड भएका छन । उनका तिम्ले पराइ ठाने पछि, मर्छु बरु छट्पटीमा, जसो परे पर्ला, बाजा बजाउदै, फेरि एक हुन, रुपौली रानी, हेप्नी मलाई हेप्नी, रुपै मोहनी जस्ता दर्जनौ गीत चर्चित छन । उनका केही गीत रिङ्ग ब्याक टोनमा लोकप्रिय, कुनै टिकटकमा त कुनै युटुबमा चर्चामा रहेका गीत मध्य पर्छन । गीति लेखनमा सकृय अधिकारी देश भित्र र बाहिर भएका बिभिन्न कार्यक्रमहरुमा दर्जनौ अवार्ड र सम्मानबाट सम्मानित भैसकेका छन । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले उनै गीतकार अधिकारी सँग गरेको कुराकानी

० हामिले कुरा गर्दै गरेको बेला केमा ब्यस्त हुनुहुन्छ ?
भोलि सनिवार ८ गते मेरो नया गीत आफैकुरो बुझ मायाले बोलको गीत रिलिज हुदैछ । त्यस्कै तयारीमा छु । जुन गीतमा राजेन्द्र बुढाथोकी र रचना रिमालको स्वर रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । लोक लयमा आधारित गीत दर्शक श्रोताहरुले माया गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

० पेशा नै गीत लेख्ने बनाउनु भएको छ । जिन्दगी चल्छ ?
सामन्य जिन्दगी चल्छ । अभाव सहितको जिन्दगी चल्छ । आर्थिक रुपमा सबल हुन रोयल्टीको पुर्ण ब्यबस्थापन हुनु पर्छ । जुन हुन सकिराको छैन । कोरोना काल र मेरो सानो दुर्घटना पछि अझै पुर्ण रुपमा लयमा फर्किन सकेको छैन । बिकल्प खोज्दै छु ।

० परिवारमा पनि गीत संगीत कलाकारीतामा हुनुहुन्छ ?
छोरा छोरीको रुचि छ । छोरोले ओस्कारमा फिल्म पढिराछ । एक दुइटा बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेको छ । छोरीले एमबिबिएसको प्रबेश परिक्षाको तयारी गर्दै छिन । अलिअली कविता लेख्ने गर्छिन । सङितमा रुचि छ ।

० सम्ंमान र अवार्ड प्रसस्त प्राप्त गर्नु भएको पोस्टहरु देखिन्छ सामाजिक सन्जालमा आयोजक नजिकका चिनजानका भएर हो कि ?
ती संमान र अवार्ड मैले हैन । मेरा सिर्जनाले पाएका हुन । धेरै आयोजकले मेरा सिर्जना नसुनेर होला वा मैले आयोजक सम्म पुराउन नसकेर होला सम्मान र अवार्डको लिस्टमा नपरेका पनि छन । कतिपय आयोजक सङ्ग त अवार्डको दिन बिहान सङ्गै खाना खाने अबसर जुट्छ । नजिकका चिनेजानेका पनि हुनुहुन्छ । पक्कै मेरो सिर्जनाले अवार्ड पाउछ होला भन्ने नि लाग्छ तर कार्यक्रम स्थलमा जादा अर्कैको पोल्टामा अवार्ड जान्छ । त्यस्ता अनुभव पनि छ ।

० गीत लेख्दा के मा ध्यान दिनु हुन्छ ?
गीत लेख्छु भनेर बसेर लेख्न सकिँदैन मेरो अनुभव । कुन बेला कुन मुड्मा के विषयले मनलाइ तान्छ अनि मस्तिष्कलाई हान्छ टुङ्गो हुन्न सिर्जना जन्मदा चाहिँ । जन्मेको सिर्जनाको को विषयलाई प्रभावकारी कसरी बनाउने शब्द चयन कस्तो गर्दा अझै सरल मीठो होला भन्ने कुरामा ध्यान चाहिँ दिन्छु ।

० लेख्न चाहेको विषयमा लेख्न नसकेको गीत केही छ ?
तेस्ता विषय एक पछि अर्को आइराख्छन । आफूले लेख्न खोजेको विषयमा अरुले लेखेको पनि हुन्छ्न । तर कसरी फरक दिने भन्ने हुन्छ । जस्तो बा आमाका गीत धेरैले लेख्नु भएको छ । त्यो भन्दा फरक मैले कसरी लेख्ने भनेर सोच्छु । मैले रास्टिय गीत लेखेको छु , लोक गीत , लोक दोहोरी , आधुनिक , चलचित्र , विभिन्न पार्टिका गीत , लगायत रेडियो जिङ्गल , बिज्ञापन , टिभिसी सबैको लागि गीत लेखेको छु । लेख्न चाहेको तर लेख्नै नसकेको विषय चाहिँ आइ सकेको छैन ।

० अहिले सम्म कति कमाउनु भो ?
आर्थिक रुपमा सोध्नु हुन्छ भने गीतबाटै कमाएको आमदानीले घर खर्च चल्दैन । नाम कमाएको छु अलिअली । मित्र कमाएको छु अलि अलि । माया र संमान कमाएको छु जो अमुल्य छ । अघि पनि भने रोयल्टी ब्यबस्थापन पुर्ण रुपमा भए मेरा सिर्जनाले सामान्य घर खर्च धान्न सक्छ ।

० बिदेश भ्रमण गर्नु भाछैन ?
गीतकार लाई स्वदेश भ्रमण त गारो छ । किनकी हामी प्रस्तोता हैनौ । गीतकारलाई कार्यक्रममा बोलाएर पारिश्र
मिक दिने अभ्यास छैन । तर कार्यक्रमकै शिलशिला केही मुलुक ( दुबई ÷ कतार ÷ थाइल्यान्ड ) को भ्रमणको अबसर मिलेको छ ।

सम्मान र अवार्ड मैले हैन मेरा सिर्जनाले पाएका हुन् – गीतकार लोकराज अधिकारी

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..