काभ्रेपलान्चोकबाट पहिलो मिक्स मार्सल आर्ट खेलाडी निखिल राजबाहक फेरि भारत प्रशिक्षणमा 

 

काभ्रेपलान्चोक — काभ्रेपलान्चोक जिल्लाका पहिलो मिक्स मार्सल आर्ट (MMA) खेलाडी निखिल राजबाहक फेरि एकपटक प्रशिक्षणका लागि भारत प्रस्थान गर्न लागेका छन्।

बिज्ञापन

लगभग चार वर्षपछि पुनः भारतको Python MMA Club मा उच्चस्तरीय प्रशिक्षणका लागि जान लागेका राजबाहकलाई खेल क्षेत्रमा संलग्न व्यक्तिहरूले हार्दिक बधाई तथा सफलताको शुभकामना दिएका छन्।

‘The Demon King’ उपनामले परिचित राजबाहकले यसअघि भारतमै आयोजित MMA प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित हासिल गरेका थिए।

उनको यो यात्रा काभ्रेपलान्चोकका युवा खेलाडीहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा रहेको खेल प्रेमीहरूले बताएका छन्।